शेयर बजार साढे १७ अङ्कले घट्यो, १ अर्ब १९ करोड रुपैयाँको कारोबार

 असोज १६, २०८० मंगलबार १५:२१:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शेयर बजार आज मङ्गलवार दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १७ दशमलव ५६ अङ्कले घटेर एक हजार नौ सय ५८ दशमलव ७२ विन्दुमा झरेको छ ।

आज सबै समूहको शेयर ओरालो लागेको छ । सबैभन्दा धेरै सबैको लघुवित्त वित्तीय संस्थाको शेयर साढे सात प्रतिशत र सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किमको शेयर सात प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन आज समता लघुवित्त र घलेम्दी हाइड्रोको शेयर झन्डै आठ प्रतिशतले उकालो लागेको छ ।

आज ३९ लाख ६५ हजार कित्ता शेयर एक अर्ब १९ करोड ९१ लाख रुपैयाँको शेयर कारोबार भएका छन् । सबैभन्दा धेरै सिटीजन्स लाइफ इन्सुरेन्सको पाँच करोड ५९ लाख र एनआईसी एसिया बैंकको पाँच करोड ३० लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया