युक्रेनको ऊर्जा ग्रिडमा रूसको व्यापक आक्रमण
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डाै - नेपाल राष्ट्र बैंकले गभर्नर महाप्रसाद अधिकारीको दस्तखत रहेको २० रुपैयाँको नोट आजदेखि चलनचल्तीमा ल्याएको छ ।
बैंक अन्तर्गतको मुद्रा व्यवस्थापन विभागले सूचना निकालेर साविककै आकार र रङ्गमा सङ्केत नम्बर ठ ८७०००००१ देखि त १८९९९९९९ सम्मको नोट चलनचल्तीमा आएको जनाएको छ । यसअघि चलन चल्तीमा रहेको नोटमा डा.चिरञ्जीवि नेपालको हस्ताक्षर रहेकोमा अहिले छापिएको नोटमा गभर्नर महाप्रसाद अधिकारीको हस्ताक्षर छ ।
नोटको अग्रभागमा बायाँतर्फ सगरमाथाको चित्र, दायाँतर्फ लालीगुराँसको पानी छाप रहेको छ । नोटको तल्लो भागको बोर्डरमा सिरिज नम्बर नेपालीमा वि.सं २०७९ लेखिएको छ । त्यस्तै, पृष्ठ मध्य भागको माथिल्लो खण्डमा अङ्ग्रेजीमा नेपाल राष्ट्र बैंक, मध्यभागमा बाह्रसिङ्गेको दुई वटा चित्र रहेको छ । तल्लो भागको बोर्डरमा सिरिज नम्बर अङ्ग्रेजीमा २०२३ ए.डी लेखिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।