भक्तपुर र मकवानपुरमा भएका छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको ज्यान गयो

 असोज २०, २०८० शनिबार १०:५०:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - भक्तपुर र मकवानपुरमा भएका छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको ज्यान गएको छ ।

भक्तपुरको सूर्यविनायक नगरपालिका–५ श्रृजनानगर चोकमा बा ९७ प २९५० नम्बरको मोटरसाइकल टिपरमा ठोक्किएर भएको दुर्घटनामा मोटरसाइकलको पछाडि बसेका सिन्धुपाल्चोक चौतारा साँगागढी नगरपालिका–८ घर भइ सूर्यविनायक नगरपालिकाको दार्जिलिङ हाइट बस्ने वर्ष २३ का रामशरण थापामगरको ज्यान गएको प्रहरीले जनाएको छ ।

गएराति भएको दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक शिव आलेमगरको मध्यपुर अस्पतालमा उपचार भैरहेको छ । यस्तै, मकवानपुरको थाहा नगरपालिका–१ कुन्छालमा आज बिहान भएको दुर्घटना एक जनाको ज्यान गएको छ ।

ना ६ ख ३९८७ नम्बरको कन्टेनर त्रिभुवन राजपथ सडक खण्ड अन्तर्गत कुन्छालमा दुर्घटना हुँदा नुवाकोटको बेलकोट नगरपालिका–५ का ४२ वर्षका दीप श्रेष्ठको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया