शेयर बजार आज पनि दोहोरो अङ्कले घट्यो

 असोज २२, २०८० सोमबार १५:१६:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – हिजो आइतवार साढे ३५ अङ्कले घटेको शेयर बजार आज साेमवार पनि दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १२ दशमलव ५८ अङ्कले घटेर एक हजार नौ सय आठ दशमलव ६६ विन्दुमा झरेको छ ।

आज उत्पादन र व्यापार समूहको शेयर सामान्य बढे पनि अरू सबै समूहको शेयर ओरालो लागेको छ । सबैभन्दा धेरै बाराही हाइड्रोपावर र हिमालय लघुवित्त कम्पनीको शेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन आज सबैभन्दा धेरै सयपत्री हाइड्रोपावर कम्पनीको शेयर झन्डै सात प्रतिशतले बढेको छ ।

आज ४३ लाख २७ हजार कित्ता शेयर एक अर्ब १७ करोड एक लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै नबिल बैंकको तीन करोड ५१ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया