ग्लोबल आईएमईले नेपालमै पहिलो पटक २५ मिलियन अमेरिकी डलर क्लाइमेट फन्डको ऋण लिँदै

 असोज २४, २०८० बुधबार १९:५०:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – ग्लोबल आईएमई बैंकले ग्लोबल क्लाइमेट पार्टनरपशिप फन्ड (जीसीपीएफ) लक्जम्बर्गबाट २५ मिलियन अमेरिकी डलर ऋण लिने भएको छ । बैंक र जीसीपीएफबीच सहमति पत्रमा सम्झौता भइसकेको छ । 

याे ऋणले कर्जा प्रवाह क्षमतालाई अभिवृद्धि गर्नुका साथै उर्जा दक्षता प्रवर्धन र नवीकरणीय ऊर्जा परियोजनाहरूमा वित्तीय सहायता प्रदान गर्न सहयोग पुग्ने बैंककाे विश्वास छ । 

जलवायु परिवर्तनसम्बन्धी व्यवस्थापनमा सहयोग पुर्‍याउने उद्देश्यले जीसीपीएफले नेपालमा पहिलो पटक ग्लोबल आईएमई बैंकलाई ऋण प्रदान गरेको हो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले जलवायु परिवर्तन तथा दिगो विकासमा केन्द्रित रही वित्तीय लगानी गर्दै आएको जीसीपीएफसँगको सहकार्यप्रति खुशी व्यक्त गर्नुभयाे । ऋण सहयोगले बैंकको कर्जा लगानी क्षमता अभिवृद्धि हुने र ऊर्जा क्षेत्रमा लगानी बढाउन थप सहयोग पुग्ने उहाँकाे विश्वास छ ।

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया