घट्न थाल्यो तापक्रम, चिसो शुरु हुँदै

 असोज २६, २०८० शुक्रबार ७:११:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ - काठमाण्डौ उपत्यकासहित देशभर बिहान बेलुका चिसो हुन थालेको छ ।

 मौसमविद् गंगा नगरकोटीका अनुसार न्यूनतम र अधिकतम तापक्रम बिस्तारै घट्न थालेको छ । हिजो काठमाण्डौको न्यूनतम तापक्रम १६ डिग्री सेल्सियस रहेकोमा आज १५ दशमलव ७ डिग्री सेल्सियसमा झरेको छ । अधिकतम तापक्रम पनि केही घट्न थालेको मौसमविद् नगरकोटीले बताउनुभयो ।

असोज महिनाको अन्तिमतिर आइसकेकाले अब चिसो बढ्दै जानेछ । बेलुकीपख चिसो हावा चल्न थालेको छ ।  दिउँसोको समयमा भने गर्मी नै छ । असोज अन्तिम हप्ता आइसक्दा पनि मनसुन भने नेपालबाट पूर्ण रुपमा बाहिरिसकेको छैन ।

सामान्यताय अक्टोबर २ तारिखमा मनसुन बाहिरनु पर्नेमा आज अक्टोबर १३ तारिख भइसकेको छ । नेपालको पश्चिमी क्षेत्रबाट भने मनसुन बाहिरिसकेको छ । यसपालि गएको जेठ ३१ गते मनसुन नेपाल भित्रिएको थियो । 
 

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया