उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात, भाेलिदेखि माैसम सफा हुने

 असोज ३०, २०८० मंगलबार १९:४९:१० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – देशका केही उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात भएको छ । पश्चिमी वायुको प्रभावका कारण देशका केही ठाउँमा पानी परेको छ भने कतै–कतै हिमपात भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मुस्ताङ, मनाङ, उपल्लो डोल्पा लगायतका क्षेत्रमा हिमपात भइरहेको छ । हिमपातका कारण अन्नपूर्ण पदमार्गमा पदयात्रामा हिँडेका आन्तरिक एवम् बाह्य पर्यटक समस्यामा परेका छन् ।

यस्तै हिजो (साेमवार) र आज (मङ्गलवार) देशका केही ठाउँमा पानी परे पनि भोलि (बुधवार) देखि मौसम सफा हुने महाशाखाले जनाएको छ ।

अन्तिम अपडेट: असोज २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया