उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्ग...
मंसिर १३, २०८१ बिहिबार
काठमाण्डौ – वाणिज्य बैङ्कहरुले कात्तिक महिनाका लागि नयाँ ब्याजदर प्रकाशित गरेका छन् । १४ वटा बैङ्कहरुले असोजको तुलनामा कात्तिकमा ब्याजदर घटाएका छन् । चारवटा बैङ्कले असोज महिनाकै ब्याजदरलाई निरन्तरता दिने भएका छन् भने दुईवटा बैङ्कले ब्याजदर बढाएका छन् ।
असोज महिनाको तुलनामा सबैभन्दा बढी ब्याजदर घटाउने बैङ्क एभरेष्ट बैङ्क रहेको छ । एभरेस्ट बैङ्कले १ दशमलव ८३ प्रतिशत घटाएर व्यक्तिगततर्फ ९ दशमलव २२४ प्रतिशत र संस्थागततर्फ ७ दशमलव २२४ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।
प्राइम कमर्सियल बैङ्कले १ दशमलव १० प्रतिशतले घटाएर व्यक्तिगततर्फ १० दशमलव २५ प्रतिशत र संस्थागततर्फ ८ दशमलव २५ प्रतिशत ब्याजदर कायम गरेको छ ।
नबिल बैङ्कले पनि १ दशमलव ०५४ प्रतिशतले ब्याजदर घटाएको छ । व्यक्तिगततर्फ १० प्रतिशत र संस्थागततर्फ ८ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।
त्यसैगरी नेपाल इन्भेस्टमेन्ट मेगा बैङ्कले १ दशमलव ०२ प्रतिशत ब्याजदर घटाएर व्यक्तिगततर्फ १० दशमलव ०१ प्रतिशत र संस्थागततर्फ ८ दशमलव ०१ प्रतिशत ब्याजदर तोकेको छ ।
प्रभु बैङ्कले कात्तिकमा शून्य दशमलव ७७६ प्रतिशत घटाएर व्यक्तिगततर्फ ९ दशमलव २२४ प्रतिशत र संस्थागततर्फ ७ दशमलव २२४ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।
सानिमा बैङ्कले कात्तिकमा शून्य दशमलव ७२९ प्रतिशत घटाएर व्यक्तिगततर्फ ९ दशमलव २२४ प्रतिशत र संस्थागततर्फ ७ दशमलव २२४ प्रतिशत ब्याजदर तोकेको छ ।
ग्लोबल आइएमईले शून्य दशमलव ५ प्रतिशत घटाएर व्यक्तिगततर्फ १० प्रतिशत र संस्थागततर्फ ८ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।
कृषि विकास बैङ्कले शून्य दशमलव २५१ प्रतिशत घटाएर व्यक्तिगततर्फ ९ दशमलव ७६ प्रतिशत र संस्थागततर्फ ७ दशमलव ७६ प्रतिशत प्रतिशत ब्याजदर तोकेको छ ।
त्यस्तै कुमारीले ब्याजदर शून्य दशमलव १ प्रतिशत घटाएर व्यक्तिगततर्फ १० दशमलव ०१ प्रतिशत र संस्थागततर्फ ८ दशमलव ०१ प्रतिशत बनाएको छ ।
सिटिजन्सले शून्य दशमलव ०९ प्रतिशत घटाएर व्यक्तिगततर्फ ९ दशमलव ९६ प्रतिशत र संस्थागततर्फ ७ दशमलव ९६ प्रतिशत ब्याजदर तोकेको छ ।
स्ट्याण्डर्ड चार्टर्ड बैङ्कले ब्याजदर शून्य दशमलव ७ प्रतिशत घटाएर व्यक्तिगततर्फ ९ दशमलव २२ प्रतिशत र संस्थागततर्फ ५ दशमलव ५ प्रतिशत बनाएको छ ।
नेपाल बैङ्कले शून्य दशमलव ०६९ प्रतिशत घटाएर व्यक्तिगततर्फ ९ दशमलव २२४ प्रतिशत र संस्थागततर्फ ७ दशमलव २२४ प्रतिशत ब्याजदर तोकेको छ ।
हिमालयन बैङ्कले ब्याजदर शून्य दशमलव ०५१ प्रतिशत घटाएर व्यक्तिगततर्फ ११ दशमलव ००३ प्रतिशत र संस्थागततर्फ ९ दशमलव ००३ प्रतिशत बनाएको छ ।
र, एनआईसी एशिया बैङ्कले शून्य दशमलव ०५१ प्रतिशत घटाएर व्यक्तिगततर्फ ११ दशमलव ००३ प्रतिशत र संस्थागततर्फ ९ दशमलव ००३ प्रतिशत ब्याजदर तोकेको छ ।
सिद्धार्थ बैङ्क, माछापुच्छ्रे बैङ्क, लक्ष्मी सनराइज बैङ्क र राष्ट्रिय वाणिज्य बैङ्कले भने असोज मसान्तकै ब्याजदरलाई निरन्तरता दिएका छन् ।
सिद्धार्थ बैङ्कले व्यक्तिगततर्फ ९ दशमलव ९९ प्रतिशत र संस्थागततर्फ ७ दशमलव ९९ प्रतिशत, माछापुच्छ्रेले व्यक्तिगततर्फ ९ दशमलव ९९ प्रतिशत र संस्थागततर्फ ७ दशमलव ९९ प्रतिशत, लक्ष्मी सनराइज बैङ्कले व्यक्तिगततर्फ १० प्रतिशत र संस्थागततर्फ ८ प्रतिशत र राष्ट्रिय वाणिज्य बैङ्कले व्यक्तिगततर्फ ९ दशमलव ५ प्रतिशत र संस्थागततर्फ ७ दशमलव ५ प्रतिशत ब्याजदर तोकेका छन् ।
नेपाल एसबिआई बैङ्क र एनएमबि बैङ्कले भने ब्याजदर बढाएका छन् । एनएमबि बैङ्कले कात्तिकमा १ दशमलव ०१३ प्रतिशत बढाएर व्यक्तिगततर्फ ११ दशमलव ००३ प्रतिशत र संस्थागततर्फ ९ दशमलव ००३ प्रतिशत पुर्याएकोे छ । यसअघि बैङ्कले असोजमा व्यक्तिगततर्फ ९ दशमलव ९९ प्रतिशत र संस्थागततर्फ ७ दशमलव ९९ प्रतिशत ब्याजदर तोकेको थियो ।
नेपाल एसबिआई बैङ्कले ० दशमलव ७ प्रतिशत बढाएर व्यक्तिगततर्फ १० दशमलव ७ प्रतिशत र संस्थागततर्फ ८ दशमलव ७ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । असोजमा बैङ्कले व्यक्तिगततर्फ १० प्रतिशत र संस्थागततर्फ ८ प्रतिशत ब्याजदर तोकेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।