डिशहोममा दशैँ स्पेशल शो, सुपरहिट चलचित्र 'छक्का पञ्जा ४' निःशुल्क हेर्न सकिने

 कात्तिक १, २०८० बुधबार २०:२६:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – वर्षभरि प्रदर्शनमा आएका सर्वाधिक सफल (सुपरहिट) नेपाली चलचित्र डिशहोममा मात्र प्रदर्शन भइरहेको छ । यो चाडबाडको मौसममा डिशहोमले आफ्ना ग्राहकलाई मनोरञ्जन प्रदान गर्नका लागि दशैँ स्पेशल शो अन्तर्गत सुपरहिट नेपाली चलचित्र छक्का पञ्जा ४ प्रदर्शन गर्दैछ ।

सबै सक्रिय ग्राहकले विना कुनै अतिरिक्त शुल्क प्लस मुभीमा कात्तिक ३ र ४ गते बेलुका ७ बजे यो छक्का पञ्जा ४ चलचित्र निःशुल्क हेर्न सक्ने डिशहाेमले जनाएकाे छ । यस्तै दशैँ मुभी फेस्ट अन्तर्गत घटस्थापनादेखि रमाइलो टीभी र प्लस मुभीमा दशैँभरी नयाँ नेपाली चलचित्र हेर्न सकिने छ ।

थप जानकारीका ग्राहक सेवा केन्द्रको फोन नम्बर १६६० ०१ २२०००, ९८०११५५००० वा ०१ ४२१७६६६ मा फोन गर्न सकिनेछ । यो प्रयासले सपरिवार सँगै बसेर नयाँ चलचित्र हेर्नुका साथै ग्राहकले भरपुर मनोरञ्जन लिन सक्ने कम्पनीले विश्वास लिएको छ ।

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया