काठमाण्डौको न्यूनतम तापक्रम आज झण्डै दुई डिग्री सेल्सियसले घट्यो

 कात्तिक ५, २०८० आइतबार ७:१९:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - काठमाण्डौमा हिजोभन्दा आज चिसो छ । आज न्यूनतम तापक्रम हिजोको भन्दा झण्डै दुई डिग्री सेल्सियसले घटेको छ ।

हिजो काठमाण्डौको न्यूनतम तापक्रम ११ दशमलव ७ डिग्री सेल्सियस थियो भने आज १० डिग्री सेल्सियसमा झरेको मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिनुभयो ।

यस्तै, काठमाण्डौको आजको अधिकतम तापक्रम पनि घट्दो छ । आजको अधिकतम तापक्रम २५ देखि २७ डिग्री सेल्सियससम्म रहने मौसमविद्को अनुमान छ । देशका अन्य ठाउँमा पनि अधिकतम र न्यूनतम तापक्रम घट्दो छ ।

दिउँसो खासै चिसो नभए पनि बिहान बेलुका चिसो बढेको छ । यस्तै, दशैँको टीकाको दिन पर्सि मङ्गलवारसम्मकै मौसम सामान्यतया सफा रहने मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: असार ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया