विश्व कप क्रिकेटमा आज पाकिस्तान र बङ्लादेश खेल्दै

 कात्तिक १४, २०८० मंगलबार १२:३५:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज पाकिस्तान र बङ्लादेश खेल्दैछन् । खेल नेपाली समयअनुसार दिउँसो सवा दुई बजे कोलकाताको इडेन गार्डेनमा हुनेछ।

६ वटा खेल खेलेकाेमा दुई वटामा मात्रै विजयी भएकाे पाकिस्तानकाे चार अङ्कमात्रै रहेकाे छ । तालिकामा पाकिस्तान सातौँ स्थानमा छ ।

यस्तै, एक खेलमा मात्रै जित निकालेकाे बङ्लादेश तालिकाकाे नवाैँ स्थानमा छ । 

आयोजक भारत ६ वटै खेल जितेर १२ अङ्ककासाथ तालिकाको पहिलो स्थानमा रहेको छ । ६ खेलमा पाँच वटामा जित र एउटामा हार बेहाेरेकाे दक्षिण अफ्रिका १० अङ्कसहित दोस्रो स्थानमा रहेको छ। 

आजको खेलसहित पाकिस्तान र बङ्लादेशले तीन खेल खेल्न बाँकी रहेको छ।

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया