न्युजिल्याण्डले पाकिस्तानलाई दियो ४ सय २ रनको लक्ष्य, इंग्ल्याण्डसँग अष्ट्रेलिया पहिले ब्याटिङ गर्दै

 कात्तिक १८, २०८० शनिबार १५:१४:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा न्युजिल्याण्डले पाकिस्तानलाई ४ सय २ रनको लक्ष्य दिएको छ । बेंग्लोरमा टस हारेर पहिला ब्याटिङ थालेको न्युजिल्याण्डले ५० ओभरमा ६ विकेट गुमाएर ४ सय १ रन बनायो । उसका लागि रचिन रविन्द्रले १ सय ८ रन र  केन विलियम्सनले ९५ रन बनाए ।

बलिङतर्फ पाकिस्तानका मोहम्मद वासिमले तीन विकेट लिए । ७ खेलमा ८ अङ्कका साथ न्युजिल्याण्ड तालिकाको चौथो र समान खेलमा ६ अङ्क रहेको पाकिस्तान छैठौं स्थानमा छ । सेमिफाइनलमा पुग्न पाकिस्तानले आजको र अन्तिम खेलमा इंग्ल्याण्डलाई हराउनैपर्नेछ, साथै अरुको नतिजामा पनि भर पर्नुपर्नेछ ।

आजै अस्ट्रेलिया र इंग्ल्याण्ड खेलिरहेका छन् । अहमदावादमा इंग्ल्याण्डले टस जितेर फिल्डिङ रोजेपछि अष्ट्रेलियाले पहिले ब्याटिङ गरिरहेको छ । ६ खेलमा दुई अङ्क सहित पुछारमा रहेको इंग्ल्याण्ड बाहिरिइसकेको छ । ६ खेलमा आठ अङ्क भएको अष्ट्रेलिया आज विजयी भएमा सेमिफाइनल पुग्ने लगभग पक्का हुनेछ । 

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया