विश्वकप क्रिकेटमा पाकिस्तानले न्युजिल्याण्डलाई हरायो

 कात्तिक १८, २०८० शनिबार २०:३:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा पाकिस्तानले न्युजिल्याण्डलाई २१ रनले हराएको छ । न्युजिल्याण्डले शुरुमा ४ सय २ रनको लक्ष्य दिए पनि पानी परेर खेल प्रभावित भएपछि पाकिस्तानले ४१ ओभरमा ३ सय ४२ रनको लक्ष्य पाएको थियो ।

पाकिस्तानले २५ ओभर ३ बलमा एक विकेट गुमाएर २ सय रन रन बनाएको अवस्थामा पानी परेपछि खेल फेरि रोकियो । पानी नरोकिएपछि डिएल पद्धतिका आधारमा पाकिस्तानले २१ रनले विजयी भयो ।

पाकिस्तानका फखर जामानले शतक प्रहार गरे । जमान एक सय २६ र बाबर आजम ६६ रनमा नटआउट रहे । त्यसअघि बेंग्लोरमा टस हारेर पहिला ब्याटिङ थालेको न्युजिल्याण्डले ५० ओभरमा ६ विकेट गुमाएर ४ सय १ रन बनायो । उसका लागि रचिन रविन्द्रले १ सय ८ रन र  केन विलियम्सनले ९५ रन बनाए ।

बलिङतर्फ पाकिस्तानका मोहम्मद वासिमले तीन विकेट लिए । आठ खेलमा ८ अङ्कका साथ न्युजिल्याण्ड तालिकाको चौथो र समान खेलमा ८ अङ्क रहेको पाकिस्तान रन रेटका आधारमा पाँचाैँ स्थानमा छ । सेमिफाइनलमा पुग्न पाकिस्तानले अन्तिम खेलमा इंग्ल्याण्डलाई हराउनैपर्नेछ, साथै अरुको नतिजामा पनि भर पर्नुपर्नेछ ।

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया