आईएमई ग्रुपद्वारा प्रधानमन्त्रीलाई १ करोड ५० लाख रुपैयाँको चेक हस्तान्तरण

 कात्तिक २१, २०८० मंगलबार १३:९:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – आईएमई ग्रुप तथा ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले जाजरकोट, रुकुम पश्चिम लगायतका जिल्लाका भूकम्प प्रभावितका लागि घोषणा गरिएको सहयोग रकम १ करोड ५० लाख रुपैयाँको चेक आज मङ्गलवार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई हस्तान्तरण गर्नुभएको छ ।

अध्यक्ष ढकालले ग्लोबल आईएमई बैंक, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स, आईएमई लाइफ इन्स्योरेन्स र आईएमई लिमिटेड लगायत आईएमई ग्रुपबाट प्रवर्द्धित कम्पनीहरू तथा आईएमई फाउन्डेशनमार्फत घोषणा गरिएको सहयोग रकमको चेक प्रधानमन्त्री प्रचण्डलाई हस्तान्तरण गर्नुभएको हो । चेक हस्तान्तरणमा अर्थमन्त्री डा. प्रकाशशरण महत र मुख्यसचिव डा. वैकुण्ठ अर्याल पनि उपस्थित हुनुहुन्थ्यो ।

यसैगरी आईएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकाल, ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्रचार्य, आईएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेल, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सका प्रमुख कार्यकारी युगेशभक्त बादे श्रेष्ठ, ग्लोबल आईएमई बैंकका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी, नायब प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल लगायत पनि सहभागी हुनुहुन्थ्याे ।

सहयोग रकम हस्तान्तरणसँगै आईएमई ग्रुपले भूकम्पका कारण ज्यान गुमाएका नागरिकप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारमा समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ । साथै भूकम्प प्रभावित क्षेत्रमा आईएमई  ग्रुप तथा आईएमई फाउन्डेशनले स्थानीय प्रशासनसँगको समन्वयमा थप राहत सहयोग उपलब्ध गराउने प्रतिबद्धतासमेत जनाएको छ ।

अन्तिम अपडेट: मंसिर १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया