उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्ग...
मंसिर १३, २०८१ बिहिबार
काठमाण्डाै – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले वर्तमान राजनीतिक व्यवस्था जोगाउनका लागि पार्टीहरूका बीचमा एकता र आपसी सहकार्यको आवश्यकता रहेको बताउनुभएको छ ।
आज मङ्गलवार सर्वदलीय बैठकमा सहभागी भएर निस्किने क्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष नेपालले वर्तमान राजनीतिक व्यवस्था जाेगाउन पार्टीहरूका बीचमा एकता र सहकार्यकाे आवश्यकता रहेकाे बताउनुभएकाे हाे । उहाँले जनजीविकाको सवालमा पार्टीहरूले देश र नागरिकको हितलाई सर्वोपरि राखेर अगाडि बढ्नुपर्ने बताउनुभयो । सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था परिवर्तनको आवश्यकता नभएको उहाँकाे भनाइ छ ।
उहाँले भन्नुभयो, ‘त्यतिखेर अगाडि सारेकाे मान्यतालाई नागरिककाे सहयोग, समर्थन, अनुमोदन पनि रह्यो । संविधान निर्माण गर्याैँ । व्यवस्थालाई परिवर्तन गर्याैँ । गणतन्त्र ल्यायाैँ । सङ्घीयता स्थापना गर्याैँ । यी सबै कुराहरू जनअनुमोदित भइसकेका छन् । त्यसैले नागरिककाे समर्थन र विश्वास प्राप्त गरेको यो व्यवस्थाको बारेमा अरू हिसाबले कसैले केही भन्नेबित्तिकै त्यसकाे पछि लाग्ने कुरा आउँदैन । पार्टीहरूको बीचमा एकता र आपसी सहकार्यको आवश्यकता छ । व्यवस्थाको सवालमा होस् । चाहे नागरिकाकाे पीडा र वेदनाको सवालमा होस् । नागरिकको जनजीविकाको समस्यालाई हल गर्ने कुरामा होस् । यी सबै कुरामा पार्टीहरूले देश र नागरिकको हितलाई सर्वोपरि राखेर अगाडि बढ्नुपर्छ । व्यवस्था परिवर्तनको आवश्यकता छैन । व्यवस्था सुधारको आवश्यकता छ ।’
अध्यक्ष नेपालले देशमा भ्रष्टाचार, विकृति र विसङ्गतिकाे अन्त्य गर्दै नागरिककाे अवस्थामा पनि आमूल परिवर्तन गर्नुपर्ने बताउनुभयो । उहाँले शान्ति प्रक्रियालाई छिटै निष्कर्षमा पुर्याउनुपर्ने बताउनुभयाे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।