विश्वकपको दोस्रो सेमिफाइनलमा अष्ट्रेलिया र दक्षिण अफ्रिका खेल्ने पक्का

 कात्तिक २२, २०८० बुधबार १२:१०:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – भारतमा चलिरहेको विश्वकप क्रिकेट २०२३ को दोस्रो सेमिफाइनल खेलमा अष्ट्रेलिया र दक्षिण अफ्रिका खेल्ने पक्का भएको छ । अङ्क तालिकामा दक्षिण अफ्रिका दोस्रो र अष्ट्रेलिया तेस्रो स्थानमा रहने पक्का भएपछि सेमिफाइनलमा यी दुई टोलीको भेट हुने भएको हो । यी दुई देशबीच कात्तिक ३० गते इर्डेन गार्डेन कोलकातामा सेमिफाइनल हुनेछ ।

यस्तै भारतले चौथो स्थानको टोलीसँग वानखडे स्टेडियम मुम्बईमा कात्तिक २९ गते सेमिफाइनल खेल्नेछ । चौथो स्थानमा रहँदै सेमिफाइनल खेल्ने प्रतिस्पर्धामा न्युजिल्याण्ड, अफगानिस्तान र पाकिस्तान छन् । समान ८ खेलमा समान ८/८ अङ्क रहेका यी टोलीमध्ये रनरेटका आधारमा न्युजिल्याण्ड चौथो, पाकिस्तान पाँचौँ र अफगानिस्तान छैटौँ स्थानमा छन् । 

यी तीन टोली मध्ये १० अङ्कमा पुग्ने र नेटरनरेटमा माथि रहने टोली शीर्ष चारमा रहँदै सेमिफाइनल खेल्नेछ । सेमिफाइनल विजेता दुई टोलीबीच फाइनल खेल मंसीर ३ गते अहमदाबादमा हुनेछ । यसैबीच विश्वकप क्रिकेटमा आज इंग्ल्याण्ड र नेदरल्याण्डस् खेल्दैछन् । खेल दिउँसो सवा २ बजे शुरु हुने छ । दुवै टोली जारी विश्वकपको सेमिफाइनल यात्राबाट बाहिरिसकेका छन् । 

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया