एमालेले भूकम्प प्रभावित क्षेत्रमा १ हजार स्वयंसेवक परिचालन गर्ने

 कात्तिक २२, २०८० बुधबार १७:५७:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा (एमाले) ले जाजरकोट केन्द्र भएर गएको भूकम्प प्रभावित क्षेत्रमा एक हजार स्वयंसेवक परिचालन गर्ने भएको छ ।

आज बुधवार पार्टी केन्द्रीय कार्यालयमा च्यासलमा बसेको केन्द्रीय सचिवालय बैठकले यही मङ्सिर १ गतेदेखि एक हजार स्वयंसेवक परिचालन गरी अस्थायी घर टहरा भूकम्प पीडितलाई हस्तान्तरण गर्ने निर्णय गरेको हो ।

त्यसैगरी एमालेले राहत वितरणको कामलाई पारदर्शी, निष्पक्ष र प्रभावकारी बनाउन पनि सरकारलाई सचेत गराएको छ । राहत वितरणमा राजनीतिकरण भइरहेको निष्कर्ष निकाल्दै एमालेले त्यसो नगर्न पनि सरकारलाई भनेको पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘आजको बैठकले भूकम्प प्रभावित जाजरकाेटमा मङ्सिर १ गतेदेखि एक हजार स्वयंसेवक परिचालन गर्ने निर्णय गरेकाे छ । २०७२ सालकाे भूकम्पपछि पनि ५० हजार स्वंसेवक परिचालन गरेका थियौँ । स्वयंसेवक पाँच हजार कार्यदिनभन्दा बढी खट्नेछन् । एक करोड रुपैयाँभन्दा बढी मूल्यको श्रम हुन्छ । हजारौँ टहरा बनाएर हामी फर्कनेछौँ । यो कामको संयोजन पार्टीको कर्णाली प्रदेश कमिटीले गर्नेछ । हामीले राहत वितरणकाे कामलाई पारदर्शी बनाउन सरकारसँग माग गरेका छौँ । राहत सङ्कलन भएर पनि प्रभावकारी ढङ्गले वितरण नभइरहेको, राहत एक ठाउँमा थुप्रिएकाे, पीडित चिसोमा भोकभोकै सुत्न बाध्य भएको गुनासाे आएकाे छ । यसमा गम्भीर हुन सरकारलाई ध्यानाकर्षण गराएका छौँ ।’

एमालेले विपद्का बेला भूकम्प प्रभावित क्षेत्रलाई 'सेल्फी' खिच्ने ठाउँको जस्तो व्यवहार नगर्न पनि सम्बन्धित व्यक्ति तथा पक्षलाई सचेत गराएको छ ।

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया