पाकिस्तानमा धार्मिक हिंसा भड्किँदा कम्तीमा ३२ जनाको ज्यान गयो
मंसिर ८, २०८१ शनिबार
काठमाण्डाै - आईसीसी एकदिवसीय विश्व कप क्रिकेटमा इङ्ल्यान्डले नेदरल्यान्ड्सलाई १ सय ६० रनको फराकिलो अन्तरले हराएको छ । जितसँगै इङ्ल्यान्डले सन् २०२५ को च्याम्पियन्स ट्रफी खेल्ने सम्भावना बढेको छ ।
हारसँगै नेदरल्यान्ड्सको विश्व कपमा सेमिफाइनल खेल्ने सम्भावना सकिएको छ । जितका लागि ३ सय ४० रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्स ३७ ओभर २ बलमा १ सय ७९ रनमा अलआउट भयो ।
नेदरल्यान्ड्सका तेजा निडामानुरुले सर्वाधिक ४१ रन बनाए । इङ्ल्यान्डका आदिल राशिद र मोइन अलीले समान ३/३ विकेट लिए । डेविड विल्लीले दुई र क्रिस वोक्सले एक विकेट लिए । त्यसअघि पुणेमा टस जितेर पहिला ब्याटिङ गरेको इङ्ल्यान्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै ३ सय ३९ रन बनाएको थियो ।
इङ्ल्यान्डका बेन स्टोक्सले सर्वाधिक १ सय ८ रनको शतकीय पारी खेले । डेविड मलान ८७ रनमा र क्रिस वोक्स ५१ रनमा आउट भए । नेदरल्यान्ड्सका बास डि लिडले ३ विकेट लिए । अर्यान दत्त र लोगन भान विकले समान २/२ विकेट लिए ।
इङ्ल्यान्ड ८ खेलमा २ मा जित र ६ मा हारसहित सातौंँ स्थानमा छ । नेदरल्यान्ड्स पुछारमा छ । सन् २०२५ मा पाकिस्तानमा हुने च्याम्पियन्स ट्रफी यो विश्वकपका पाकिस्तानबाहेक शीर्ष ७ टोलीले खेल्न पाउनेछन् । अब इङ्ल्यान्ड, बङ्लादेश, श्रीलङ्का र नेदरल्यान्ड्समध्ये दुई टोलीले खेल्न पाउनेछन् । सबै टोलीले समान एक खेल खेल्न बाँकी छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।