एकाएक कहाँ हराए लालु यादवका छोरा तेजप्रताप ? सुरक्षाकर्मीले चालै पाएनन्

 कात्तिक २०, २०७५ मंगलबार १४:३०:११ | एजेन्सी
unn.prixa.net

राष्ट्रिय जनता दल(आरजेडी) प्रमुख लालुप्रसाद यादवका जेठा छोराप्रताप यादव सम्बन्ध विच्छेदकोे विषयलाई लिएर अहिले चर्चामा छन् । 

राँचीमा आफ्ना बुवालाई भेटेर उनले पटना फिर्ता हुनुपर्ने थियो । तर स्वास्थ्य अवस्था ठीक नभएको भनेर उनी गयामा नै बसे । एताउता कसैको नजरमा नदेखिएपछि यादव कहाँ गए भनेर कोठा खोलेर हेर्दा उनी कोठामा पनि भेटिएनन् । 

उनी आफ्नी श्रीमती ऐश्वर्यासँग सम्बन्ध विच्छेद गर्नका लागि अदालतमा तारिख लगाइरहेका थिए । बिहारका पूर्व उप–मुख्यमन्त्री तेजप्रताप यादवको सम्बन्ध विच्छेदको केस निम्टिने कुनै मेसो देखिएको छैन । उनी आफै पनि यो मुद्धालाई सुल्झाउने मुडमा देखिएका छैनन् । तेज प्रतापको पटनामा प्रतिक्षा भइरहेको थियो तर अहिले उनी हराएका छन् । कहाँ छन्, कसैलाई पनि जनकारी छैन ।

भारतीय मिडियाका अनुसार तेजप्रताप यादव सुरक्षाकर्मीलाई झुक्याएर वृन्दावन गएका छन् । राँचीमा आइतबार आफ्ना बुवा लालुप्रसाद यादवसँग भेटघाट गरेर फर्किने क्रममा अचानक ज्वरो आएर जान नसकिने बताउँदै उनी बोधगयामा नै बसेका थिए । जब होटलको कोठाको ढोका खोलेर हेरे उनी त्यहाँ थिएनन् । उनी वृन्दावन जाने खबर सुरक्षाकर्मीलाई पनि दिइएको थिएन ।

उता पटनामा तेजको परिवारमा राबडी देवी, पत्नी ऐश्वर्या राय र भाइ तेजस्वी यादव भने उनलाई पर्खेरै बसे । यसको अनुमान लगाइँदै छ कि स्वयम तेजप्रताप यादव आफै मेलमिलाप गर्न चाहिरहेका छैनन् । तेजले आइतबार नै सम्बन्ध विच्छेदको अर्जी परिवार न्यायालयमा पेस गरेका थिए । बुवा लालुप्रसाद यादवको कुरा नमानेको सवालमा उनले भने, ‘के बुवाले मेरो कुरा मान्नुभएको छ र मैले उनको कुरा मान्ने ? मेरा आमा–बुवा, भाइ–बहिनी सबै ऐश्वर्याको साथ दिँदै छन् ।’
के कारणले आयो सम्बन्ध विच्छेद गर्ने कुरा ?

मिडिया रिपोर्टका अनसार ऐश्वर्या आफ्ना बुवा चंद्रिकाप्रसाद रायलाई सारण लोकसभा सिटको टिकट दिलाउन चाहन्थिन् । यसै विषयलाई लिएर उनले लगातार तेज प्रतापमाथि दबाब दिइरहेकी थिइन् । तेज प्रतापको आरोप यो पनि छ कि, ऐश्वर्या हनिमून मनाउनको लागि इन्डोनेसियाको बाली जान चाहन्थिन् तर धार्मिक कारणले तेज त्यहाँ जाने पक्षमा थिएनन् ।

को हुन ऐश्वर्या राय ?

ऐश्वर्या राय आरजेडी नेता चंद्रिका रायकी छोरी  हुन् । तेज प्रताप यादवले ऐश्वर्या रायसँग १२ मे मा विवाह गरेका थिए । रायका हजुरबुवा दरोगा राय १९७० को दशकको सुरुमा केही समयको लागि बिहारका मुख्यमन्त्री बनेका थिए । तेज प्रतापले शनिबारका दिन लालुसँग राँचीमा राजेन्द्र इन्स्टिच्यूट अफ मेडिकल साइन्स मा दुई घण्टाभन्दा बढी समय भेटघाट गरेका थिए । अहिले बिहारका पूर्व मुख्यमन्त्री लालुप्रसाद यादव दाना घोटालामा जेलमा रहेका छन् ।
 

अन्तिम अपडेट: असोज ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया