चीन अमेरिकाको ‘साझेदार र मित्र’ बन्न चीन तयार छ : राष्ट्रपति सी

 कात्तिक ३०, २०८० बिहीबार १६:५७:२५ | एजेन्सी
unn.prixa.net

चीनका राष्ट्रपति सी जिनपिङले बुधवार चीन अमेरिकाको साझेदार र मित्र बन्न तयार रहेको बताउनुभएको छ । चीनको सुस्त अर्थतन्त्रप्रति चिन्ता बढिरहेको बेला उहाँले अमेरिकी व्यापारिक नेताहरूसमक्ष यस्ताे बताउनुभएको हो । 

‘यदि एउटा देशले अर्को देशलाई प्रमुख प्रतिस्पर्धी र सबैभन्दा परिणाममुखी भूराजनीतिक चुनौतीको रूपमा हेर्छ भने यसले गलत नीति निर्माण, भ्रमपूर्ण कार्य र अवाञ्छित परिणाम मात्र निम्त्याउने छ’, एसिया–प्रशान्त आर्थिक सहयोग (एपीईसी) शिखर सम्मेलनका क्रममा एक रात्रिभोजमा उहाँले भन्नुभयो । 

राष्ट्रपति सीको याे टिप्पणी अमेरिकी राष्ट्रपति जो बाइडेनसँग उहाँको बहुप्रतीक्षित वार्ताको केही घन्टापछि आएको हो । झन्डै एक वर्षपछि पहिलोपटक भएको भेटमा उहाँहरूले दुई देशबीचको तनावलाई कम गर्ने वाचा गर्नुभएको छ । 

उच्चस्तरीय सैन्य हटलाइनलाई पुनः सक्रियताका साथ शुरु गरी दुवै पक्षले 'लक्जरी फिलोली एस्टेट' मा वार्तापछि धेरै सम्झौताको घोषणा गरेका छन् । 

‘हामीले धेरैभन्दा धेरै पुल बनाउनुपर्छ र नागरिक–नागरिकबीच कुराकानी गर्नका लागि अधिक सडक बनाउनुपर्छ’, झन्डै चार सय व्यापारिक नेता, सरकारी अधिकारी र शिक्षाविद्हरूको उपस्थितिमा चिनियाँ राष्ट्रपति सीले भन्नुभयो, ‘हामीले विभिन्न अवरोध सिर्जना गर्नु हुँदैन वा भयावहको प्रभाव सिर्जना गर्नु हुँदैन ।’

त्यस अवसरमा उपस्थित हुने अतिथिहरूमा एप्पलका प्रमुख कार्यकारी अधिकृत टिम कुक, ब्ल्याकरकका लरेन्स फिङ्क र पिफाइजरका प्रमुख कार्यकारी अधिकृत अल्बर्ट बुर्ला हुनुहुन्थ्यो । 

चीनको कडा व्यापारिक निगरानी र द्विपक्षीय तनावको चिन्तालाई ध्यानमा राख्दै अमेरिका–चीन व्यापार परिषद् र अमेरिका–चीन सम्बन्धको राष्ट्रिय समितिले आयोजना गरेको कार्यक्रममा सीको टिप्पणीलाई ध्यानपूर्वक हेरिएको थियो । अमेरिकी कम्पनीहरूले तीव्ररूपमा चीनमा लगानी गर्नबाट पन्छिरहन खोजेसँगै सेप्टेम्बरमा चीनमा विदेशी व्यापारको विश्वास वर्षाैँकाे सबैभन्दा तल्लो स्तरमा पुगेको अमेरिकी र युरोपेली उद्यम लबीहरूले बताएको छन् ।

अन्तिम अपडेट: मंसिर १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया