इजरायलसँगको सम्झौताअनुसार हमासले १३ जना बन्धक अन्तर्राष्ट्रिय रेडक्रसलाई बुझायो

 मंसिर ८, २०८० शुक्रबार २०:२८:५३ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

इजरायल र प्यालेस्टिनी विद्रोही समूह हमासबीच बन्धक तथा कैदीबन्दी आदानप्रदानको क्रम शुरु भएको छ । सहमतिअनुसार हमासले १३ जना इजरायली बन्धक अन्तर्राष्ट्रिय रेडक्रसलाई बुझाएको बीबीसीले जनाएको छ ।

यस्तै हमासले १२ जना थाई नागरिकलाई पनि रिहा गरेको छ । अब इजरायलले ३९ जना प्यालेस्टिनी कैदीबन्दी रिहा गर्ने छ । कतारको मध्यस्ततामा दुई पक्षबीच भएको सम्झौताअनुसार आज शुक्रवार बिहानदेखि युद्धविराम शुरु भएको हो । कम्तीमा चार दिने हुने युद्ध विराममा हमासले ५० जना बन्धक रिहा गर्ने र बदलामा इजरायलले एक सय ५० जना प्यालेस्टिनी कैदीबन्दी हस्तान्तरण गर्नेछ ।

अहिलेसम्मको अवस्था हेर्दा कतारद्वारा मध्यस्थता गरिएको सम्झौताको दुवैले पालना गरिरहेका छन् र कुनै पक्षबाट गोलीबारी भएको सार्वजनिक भएको छैन । युद्धविराम अगाडि बढेसँगै बिहानदेखि सहायता सामग्री बोकेका ६० वटा ट्रक गाजा प्रवेश गरेका छन् ।

इजरायलले युद्धविराम समाप्त भएपछि फेरि लडाइँ शुरु गर्ने र गाजाको हरेक भागमा हमासलाई सत्ताबाट निकाल्न चाहेको बताएको छ । तर केही विश्लेषकहरूले अब फेरि पहिलेकै गतिमा आक्रमण गर्न इजरायललाई समस्या हुने र उसका सहयोगीहरूले लामो युद्धविरामको दबाब दिन सक्ने बताएका छन् ।

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया