अमेरिकी शिशुको खानामा अझै पनि न्यून मात्रामा कीटनाशक तत्त्व भेटिएको दाबी

 मंसिर १२, २०८० मंगलबार १०:३७:२ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

अमेरिकामा बच्चाको खानामा अझै पनि सम्भावित हानिकारक कीटनाशक तत्वहरू भेटिने गरेको दाबी गरिएको छ ।

एक गैर–नाफामूलक अमेरिकी पर्यावरण समूह वातावरणीय कार्य दल (ईडब्ल्यूजी) ले सार्वजनिक गरेको पछिल्लो अनुसन्धानमा अमेरिकामा बच्चाको खानामा विषाक्त कीटनाशकहरू रहेको पाइएको उल्लेख गरेको छ । तर यो ३० वर्ष पहिलेको तुलनामा अत्यन्त कम मात्रामा रहेको नयाँ अध्ययनले देखाएको छ ।

अध्ययन गरिएका ५८ शिशुमध्ये २२ जनामा कम्तीमा एउटा कीटनाशक अवशेष भेटिएको ईडब्ल्यूजीले दाबी गरेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । विशेष गरी शिशुहरू र साना केटाकेटीहरू कृषि कीटनाशकको अवशेष भएको खाना खाँदा स्वास्थ्यमा हुने सम्भावित हानिहरूको चपेटामा पर्ने ईडब्ल्यूजीले भनेको छ ।

अमेरिकाका तीन लोकप्रिय ब्रान्डहरू बीच–नट, गेरबर र पेरेन्ट्स च्वाइसका उत्पादनहरूको परीक्षण गरेको बताएको छ । ईडब्ल्यूजीका अनुसार सन् १९९५ मा गरिएको यस्तै अध्ययनको तुलनामा शिशुको खानामा कीटनाशकको मात्रा घट्दै गएको छ ।

मस्तिष्कमा क्षति पुर्याउने बग किलर क्लोरपाइरिफोसको निकै थोरै मात्राले पनि शिशु र बालबालिकाको स्वास्थ्यलाई स्थायी रूपमा क्षति पुर्याउन सक्छ ।   

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया