प्रहरी समायोजनको मागसहित सात वटै प्रदेशका गृहमन्त्रीहरु काठमाण्डौमा

 मंसिर १२, २०८० मंगलबार ११:३१:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सात वटै प्रदेशका गृहमन्त्रीहरु काठमाण्डौ आएका छन् । उनीहरुले प्रहरी समायोजनको माग गर्दै संयुक्त रुपमा प्रधानमन्त्री र गृहमन्त्रीसँग भेट गर्ने कार्यक्रम छ ।

प्रहरी समायोजनमा सङ्घीय सरकारले गरेको ढिलाइले आफूहरुलाई काम गर्न अप्ठेरो परेको भन्दै सातै प्रदेशका गृहमन्त्रीले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई सिंहदरबारमा दिउँसो २ बजे भेटघाट गर्ने कार्यक्रम तय भएको छ ।

त्यस्तै, दिउँसो साढे तीन बजे गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग भेटघाट गर्ने कार्यक्रम तय भएको गृहमन्त्रालयका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो । प्रदेश सरकारले लामो समयसम्म पनि प्रदेश प्रहरी गठन हुन नसकेको भन्दै असन्तुष्टि जनाउँदै आएका छन् ।

प्रहरी समायोजन ऐन २०७६ साल माघ २८ गते नै राष्ट्रपतिबाट प्रमाणीकरण भए पनि केन्द्र सरकारले कार्यान्वयनमा आनाकानी गरिरहेको प्रदेश सरकारको गुनासो रहेको छ। 

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया