कोप–२९ मा ‘एनसीक्यूजी’ कार्यान्वयन प्रक्रिया स्पष्ट नभएको गुनासो
मंसिर १३, २०८१ बिहिबार
काठमाण्डाै – कृषिमा महिलाको सहभागिता बढी रहे पनि कृषि जग्गामा पुरुषको स्वामित्व धेरै रहेको पाइएको छ ।
दिगो विकास लक्ष्यको सूचकसम्बन्धी राष्ट्रिय कृषि गणना २०७८ बाट प्राप्त नतिजाका आधारमा राष्ट्रिय तथ्याङ्क कार्यालयले हिजो बिहीवार सार्वजनिक गरेको तथ्याङ्कअनुसार १८ वर्षभन्दा माथिका एक करोड ३२ लाख ११ हजार तीन सय ४९ जना कृषि क्षेत्रमा आबद्ध छन् । यसमा महिलाको सङ्ख्या ६८ लाख ६३ हजार चार सय १२ र पुरुषको सङ्ख्या ६३ लाख ४७ हजार नौ सय ३६ रहेको छ । कृषि क्षेत्रमा महिलाको सहभागिता ५२ प्रतिशत भए पनि कृषि जग्गामा स्वामित्व तथा हक सुरक्षण भने ३४ दशमलव चार प्रतिशत मात्रै रहेको तथ्याङ्कले देखाएको हो । त्यसमध्ये पुरुषको स्वामित्व ६५ दशमलव छ प्रतिशत रहेको छ ।
कृषि गणनाको आधारमा लैङ्गिक विश्लेषणको दृष्टिकोणले किसान परिवारमा रहेका कुल वयस्क पुरुषमध्ये ४२ दशमलव नाै प्रतिशतकाे कृषि जग्गामा स्वामित्व छ भने वयस्क महिलाको हकमा यो प्रतिशत २० दशमलव आठ मात्र रहेकाे छ । प्रदेशगतरूपमा हेर्दा वयस्क पुरुषको यो प्रतिशत सबैभन्दा बढी बाग्मती प्रदेशमा ४७ दशमलव छ प्रतिशत र सबैभन्दा कम मधेस प्रदेशमा ४० दशमलव एक प्रतिशत रहेको छ । वयस्क महिलाको हकमा यो प्रतिशत सबैभन्दा बढी गण्डकी प्रदेशमा २४ दशमलव दुई प्रतिशत र सबैभन्दा कम कर्णाली प्रदेशमा १६ दशमलव तीन प्रतिशत रहेको तथ्याङ्कले देखाएको छ ।
राष्ट्रिय कृषिगणना २०७८ बाट प्राप्त नतिजाले कृषि जग्गामा स्वामित्व वा हक सुरक्षित हुने वयस्क (१८ वर्ष वा त्याेभन्दा माथि) कृषि जनसङ्ख्याको प्रतिशत ३१ दशमलव चार रहेको देखाएको छ । प्रदेशगतरूपमा हेर्दा यो प्रतिशत सबैभन्दा बढी गण्डकी प्रदेशमा ३४ दशमलव छ र सबैभन्दा कम कर्णाली प्रदेशमा २९ प्रतिशत रहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।