पाल्पामा पहिलो पटक सुन्तला महोत्सव

 मंसिर १६, २०८० शनिबार १०:७:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

पाल्पा - पाल्पामा पहिलो पटक आज एक दिने सुन्तला महोत्सव गरिएको छ । सुन्तलाको बजार प्रवर्द्धन र सुन्तला उत्पादन गर्ने किसानलाई प्रोत्साहनका लागि महोत्सवको आयोजना गरिएको आयोजक रिब्दिकोट गाउँपालिका–७ वडा कार्यालय, पालुङ्मैनादीले जनाएको छ ।

मेलाको  व्यवस्थापन तथा समन्वय गरिरहेको मैनादी कृषि सहकारी संस्थाका अनुसार प्रभात माविको प्राङ्गणमा आयोजना गरिएको सुन्तला महोत्सवमा सुन्तलाका स्टल, विभिन्न जातका सुन्तलाका बिरुवा तथा आवश्यक यन्त्र उपकरणको प्रदर्शन, नि:शुल्क माटो परीक्षण, नमुना सुन्तला बगैँचा अवलोकन, सुन्तलाको जुस, जाम, सलाद प्रदर्शन गरिएको छ ।

मेलामा सुन्तला खाने प्रतियोगिता, कृषि पर्यटनको नमुना टोल प्रर्दशन, पहिलो व्यावसायिक खेती गर्ने किसान सम्मानलगायतका कार्यक्रम राखिएको रिब्दीकोट–७, का वडाअध्यक्ष दानबहादुर कुँवरले जानकारी दिनुभयो । पाल्पाको रिब्दीकोट र रैनादेवी छहरा गाउँपालिका सुन्तला उत्पादन हुने क्षेत्र हुन् ।

किसानले सुन्तला उत्पादनबाट वार्षिक एक लाखदेखि २० लाख रुपैयाँसम्म आम्दानी गर्दै आएको रिब्दीकोट गाउँपालिकाका अध्यक्ष नारायणबहादुर कार्कीले जानकारी दिनुभयो । पाल्पामा उत्पादन भएको सुन्तला बुटवल, भैरहवा, पोखरा, काठमाण्डौ, जनकपुरलगायका ठाउँमा निर्यात  हुँदै  आएको छ ।

 पाल्पामा पछिल्लो समय अन्य खेती छाडेर पनि किसानहरु सुन्तला खेतीतर्फ किसान आकर्षित हुँदै गएका छन् ।

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया