सुनको भाउ आज तीन सय रुपैयाँले घट्यो
मंसिर १३, २०८१ बिहिबार
काठमाण्डौ – नेपालमा केरामा देखा परेको पानामा रोगको नयाँ प्रजाति टीआर-फोरको सङक्रमण नियन्त्रण हुन सकेको छैन । कृषि वैज्ञानिकहरुको एक टोलीले गरेको अनुसन्धानमा गएको भदौ पहिलो हप्ता कैलालीमा पानामा रोगको टीआर-फोर नामक हानिकारक प्रजाति देखा परेको पुष्टि गरेको थियो ।
त्यसबेला कैलालीको टीकापुरमा देखिएको रोग एक महिनापछि नवलपरासीमा पनि देखिएको थियो । नवलपरासीमा कैलालीबाट रोग सरेको नभइ भारतबाट सरेको अनुमान गरिएको छ । तर अहिलेसम्म रोगको सङक्रमण रोकथाम तथा नियन्त्रणमा प्रभावकारी काम हुन सकेको छैन ।
नार्कको राष्ट्रिय बाली रोग विज्ञान अनुसन्धान केन्द्रका वैज्ञानिक डा रामबहादुर खड्काका अनुसार पानामा रोगलाई तत्कालै नियन्त्रण गर्न नसकिए पनि यसलाई फैलिनबाट जोगाउनेतर्फ ध्यान दिनुपर्ने देखिन्छ । तत्काल रोग रोकथाम तथा नियन्त्रणका प्रयास नभए केरा व्यवसाय नै जोखिममा पर्ने विज्ञले चेतावनी दिएका छन् ।
देशका अरु ठाउँमा पनि केरामा सङक्रमण देखिन थालेको र नमुना सङ्कलन गरी अनुसन्धानको काम भैरहेको नार्कका बाली रोग विज्ञ डा खड्काले बताउनुभएको छ । कैलालीमा यो रोग देखिनेवित्तिकै चनाखो बन्न विज्ञले स्थानीय सरकार र किसानलाई सुझाएका थिए ।
केरामा देखिएको पानामा रोगको प्रजाति टीआर–४ को थप अनुसन्धानका लागि समिति गठन |
तर त्यसअनुसार आवश्यक काम नभएको पाइएको छ । नेपालमा अहिले व्यावसायिक रुपमा ‘जी–नाइन’ जातको केरा खेती भइरहेको छ । यो प्रजातिमा नयाँ रोग लागे केराको पुराना पातको फेद कुहिने र धेरै फैलिएपछि बोट ढल्ने हुन्छ । यो रोग गानो र माटो तथा संक्रमित क्षेत्रबाट अर्को ठाउँमा हुने ओसार पसारबाट फैलने विज्ञले बताएका छन् ।
सङ्क्रमण देखिएको केराबारीमा प्रयोग भएको औजार, गाडीको चक्का, मानिसको ओहोरदोहोरबाट पनि रोग सर्न सक्ने भएकाले आवश्यक सावधानी अपनाउन बाली रोग वैज्ञानिक खड्काको आग्रह छ । नार्कले अन्य संघसंस्था तथा पालिकासँग मिलेर रोग नियन्त्रणको प्रयास, बगैँचाको सरसफाइलगायतका काम गरिरहेको छ । पानामा रोगको पछिल्लो अवस्था र जाेखिमबारे छिट्टै थप जानकारी गराउने तयारी पनि भैरहेको नार्कले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।