अहिले नै मन्त्रिमण्डल पुनर्गठनको सम्भावना छैन : प्रधानमन्त्री

‘उडान अघि सार्दा यात्रु छुट्दैछन् भन्ने थाहा भएकाे भए २ घण्टाअघि जाँदिन थिएँ’

 मंसिर १७, २०८० आइतबार १९:३२:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिमण्डल पुनर्गठनको सम्भावना नरहेको बताउनुभएको छ ।

यूएईकाे दुबईमा आयोजित जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसङ्घीय सम्मेलन (कोप–२८) मा सहभागी भएर आज आइतवार स्वदेश फर्किएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्रीले मन्त्रिमण्डल पुनर्गठनबारे गठबन्धनभित्र छलफल नै नभएको बताउनुभयाे । मन्त्रिमण्डल पुनर्गठन बाहिर हल्ला फिजाउनका लागि मात्रै भएको उहाँकाे भनाइ थियाे ।

उहाँले भन्नुभयो, ‘सरकार गठन भएको बेलादेखि नै मन्त्रिमण्डल पुनर्गठन हुन्छ भन्ने कुरा धेरै भयाे । को मन्त्री हट्छ, को आउँछ भन्ने कुरा धेरै भयो । तर अहिले गठबन्धनभित्र कुनै त्यस्तो छलफल पनि छैन, कुरा पनि छैन, सोचिएको पनि छैन । म आफैँ प्रधानमन्त्री छु, मेरो दिमागमै छैन । त्यस कारण यो कुरा हल्लामात्रै हो, सत्यता छैन ।’

प्रधानमन्त्री प्रचण्डले आफ्नाे दुबई भ्रमणका क्रममा ३१ जना छुटेकोप्रति दुःख व्यक्त गर्नुभयो । उहाँले उडान दुई घण्टाअघि सार्दा यात्रु छुट्छन् भन्ने जानकारी भएकाे भए ताेकिएकाे समयमै आफू जाने उल्लेख गर्नुभयाे ।

उहाँले भन्नुभयो, ‘यदि मलाई दुई घण्टाअघि उडान सारिँदैछ र त्यसो गर्दा ३१ जना यात्रु छुट्दैछन् भन्ने थाहा भएको भए म दुई घण्टा छिटो जाँदिन थिएँ, जुन समय हो त्यही समयमा जान्थेँ । उहाँ पुगेपछि मेरो कारणले दुई घण्टा छिटो ल्याउन खोज्दा यात्रु छुटेको भन्ने थाहा पाएँ ।’

प्रधानमन्त्रीले समग्रमा कोप–२८ मा नेपालको तर्फबाट महत्त्वपूर्ण प्रस्ताव र कुरा राखेको बताउनुभयो ।

अन्तिम अपडेट: साउन १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया