नक्कली शरणार्थी प्रकरण : धरौटी र साधारण तारेखमा छाड्न आदेश भएकाहरु तत्काल रिहा नहुने

 मंसिर १८, २०८० सोमबार ८:११:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च अदालत पाटनले धरौटी तथा साधारण तारेखमा छाड्न आदेश भएकाहरु तत्काल रिहा नहुने भएका छन् । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उनीहरुविरुद्धको अनुसन्धान कायमै रहेकाले उनीहरु तत्काल रिहा नहुने भएका हुन् ।

गएको शुक्रवार उच्च अदालत पाटनका न्यायाधीशहरू जनक पाण्डे र प्रकाश खरेलको इजलासले ७ जना प्रतिवादीलाई धरौटी र साधारण तारेखमा छाड्न आदेश दिएको थियो । प्रतिवादीहरू हरिभक्त महर्जन, शमशेर मियाँ र नरेन्द्र केसीलाई धरौटीमा छोड्न उच्च अदालतले आदेश दिएको थियो ।

अदालतले महर्जनसँग १५ लाख तथा मियाँ र केसीसँग १०/१० लाख रुपैयाँ धरौटी मागेको थियो । पुर्पक्षको लागि थुनामा रहेका आशिष बुढाथोकीलाई पनि साधारण तारेखमा राख्न उच्चले आदेश दिएको थियो । धरौटी माग भएकामध्ये तीन जनाले धरौटी बुझाए पनि उनीहरुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा बुझाउनुपर्ने भएको हुनाले थुनामै राखिएको हो ।

साधारण तारेखमा छोड्न आदेश दिएका आशिष बुढाथोकीलाई पनि अख्तियार र सम्पत्ति शुद्धीकरणमा बुझाउने तयारी छ । हिजो उनीहरूलाई तारेखका लागि कारागार प्रशासनले जिल्ला अदालतमा उपस्थित गराएको थियो । हिजो कार्यालय समय सकिएको हुनाले उनीहरूलाई सम्पत्ति शुद्धीकरण र अख्तियारमा उपस्थित गराइएन । उनीहरुलाई आज सम्पत्ति शुद्धीकरण र अख्तियारमा उपस्थित गराउने तयारी छ । साधारण तारेखमा छोड्न आदेश दिएकालाई पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बुझाउने तयारी छ ।

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया