परराष्ट्रमन्त्री राणा आज चीनको छेन्दु जाँदै
मंसिर १३, २०८१ बिहिबार
काठमाण्डौ – संघीय संसद्को सार्वजनिक लेखा समितिले एनसेलको शेयर खरिदबिक्री प्रक्रिया रोक्न सरकारलाई निर्देशन दिएको छ । आज बसेको लेखा समितिको बैठकले एनसेलको शेयर खरिदबिक्री प्रक्रिया रोक्न सरकारलाई निर्देशन दिने निर्णय गरेको समितिका सभापति ऋषिकेश पोखरेलले जानकारी दिनुभयो ।
नेपाल दूरसञ्चार प्राधिकरणबाट स्वीकृति नलिइ शेयर खरिदबिक्री प्रक्रिया अघि बढाएको देखिएकाले रोक्नुपर्ने देखिएको निर्णयमा उल्लेख छ । यस्तै, लेखा समितिले एनसेल खरिदबिक्रीका विषयमा ४८ घण्टाभित्र सत्यतथ्य जानकारी गराउन पनि सरकारलाई निर्देशन दिएको छ ।
आजै बसेको संघीय संसद्को अर्थ समितिले पनि एनसेलको शेयर खरिदबिक्री प्रक्रियाका विषयमा यथार्थ जानकारी सहित विवरण १५ दिनभित्र पेश गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको थियो । समितिको बैठकमा नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले एनसेल आजियाटा लिमिटेडले शेयर खरिदबिक्री सम्बन्धी कागजात सङ्कलनको क्रममा रहेकाले चाँडै त्यसबारे जानकारी उपलब्ध गराउने भनी पठाएको पत्र प्राप्त भएको जानकारी गराउनुभएको छ ।
कारोबार शंकास्पद देखिएकाले प्राधिकरणले सूक्ष्म रूपमा अध्ययन थालिसकेको पनि अध्यक्ष खनालले बताउनुभयो । यस्तै अध्यक्ष खनालले एनसेल आजियाटालाई कानुनी कठघरामा उभ्याउन कानुनी अप्ठ्यारो रहेको बताउनुभएको छ ।
अर्थ समिति बैठकमा प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले कानुन बनाउन खोज्दा पनि संसदबाट ड्राफ्ट फर्काइएको बताउनुभयो । मलेसियन कम्पनी आजियाटा ग्रुपले गएको मङ्सिर १५ गते एनसेलको ८० प्रतिशत शेयर स्वामित्व अर्को कम्पनी स्पेक्ट्रलाइट यूके लिमिटेडलाई बेच्ने निर्णय गरेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।