‘खशोग्गीको शव जलाउन प्रयोग भएको एसिड साउदी दूतको निवासमै भेटियो’

 कात्तिक २२, २०७५ बिहीबार १८:२९:५४ | एजेन्सी
unn.prixa.net

साउदी अरबले पत्रकार तथा लेखक जमाल खशोग्गीको हत्या टर्कीको राजधानी इस्तानबुलमा रहेको आफ्नो वाणिज्य दूतावासभित्रै भएको स्वीकार गरेको छ । 

साउदी अरबमा जन्मिएका अमेरिकामा बस्दै आएका पत्रकार तथा लेखक खशोग्गी गएको अक्टोबर २ का दिन आफ्नी श्रीमतीसँगको डिभोर्सको कागजपत्र बनाउनका लागि इस्तानबुलमा रहेको साउदी वाणिज्य दूतावास गएका थिए । 

लामो समयसम्म साउदी अरबले आफूलाई जमाल खशोग्गीको अवस्थाका बारेमा केही थाहा नभएको बताउँदै आएको थियो । पछि उसले खशोग्गीको हत्या भएको स्वीकार गरे पनि उनको शरीर अहिलेसम्म भेटिएको छैन । 

तर बिहीबार केही तथ्यहरु सार्वजनिक भएका छन् । अल जजीराका अनुसार टर्कीका महान्यायाधीवक्ताको कार्यालयले साउदीका वाणिज्य दूतको घरमा खशोग्गीको हत्यासँग सम्बन्धित केही प्रमाणहरु फेला परेका छन् । टर्कीको एउटा अनुसन्धान टोलीले वाणिज्य दूतको घरमा खशोग्गीको हत्यामा प्रयोग भएको एसिड र अन्य रासायनिक पदार्थ भेटिएको बताएको छ ।

श्रोतलाई उद्धृत गर्दै अल जजीराले खशोग्गीको शरीर वाणिज्य दूत मोहम्मद अल कतैबीको निवासको एउटा कोठामा एसिडमा जलाएर नष्ट गरिएको जनाएको छ । 

अन्तिम अपडेट: भदौ ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया