२ सय जनाभन्दा धेरै नेपाली रुसी सेनामा भर्ना भएको खबर चिन्ताजनक : प्रधानमन्त्री

 मंसिर २७, २०८० बुधबार १४:१०:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २ सय जनाभन्दा धेरै नेपाली युवा रुसी सेनामा भर्ना भएको खबर चिन्ताजनक रहेको बताउनुभएको छ । रुसी सेनामा भर्ना भएका ती नेपाली युवालाई सकुशल फिर्ता गर्न सरकारले हरसम्भव प्रयास गरिरहेको उहाँकाे भनाइ छ ।

आज बुधवार काभ्रेको धुलिखेलमा काठमाण्डौ विश्वविद्यालयको २९ औँ दीक्षान्त समारोहमा प्रधानमन्त्रीले विभिन्न बाध्यताका कारण दुई सय जनाभन्दा धेरै नेपाली युवा रुसी सेनामा भर्ना भएको खबर पाएको र यो चिन्ताजनक भएको बताउनुभयो । उहाँले नेपालमा अवसर छैन भन्ने भाष्य निर्माणको परिणामस्वरूप नेपाली युवा विदेशमा अनेक हन्डर खान बाध्य भएको बताउनुभयो ।

प्रधानमन्त्री प्रचण्डले अहिले नेपालमै प्रशस्त शिक्षा तथा रोजगारीका अवसर रहेका र तिनको उचित व्यवस्थापन गर्नसके व्यक्तिगत जीवनको मात्र नभएर देशहितको पनि काम गर्न सकिने उल्लेख गर्नुभयाे ।

आज दीक्षित हुने सम्पूर्ण विद्यार्थीलाई पनि उहाँले ज्ञान र सीपलाई देश र मानव हितमा लगाउन आग्रह गर्नुभयो । साथै विदेश गएका विज्ञ एवम् युवालाई पनि आफ्नो माटोको सुगन्ध र मातृभूमिको माया सम्झेर आर्जित ज्ञान र सीप नेपालको दिगो विकासका लागि सदुपयोग गर्न उहाँको अनुरोध छ ।

काठमाण्डाै विश्वविद्यालयका एक हजार आठ ३८ जना विद्यार्थी आज दीक्षित भएका छन् । प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति प्रचण्डले ती विद्यार्थीलाई दीक्षित भएको प्रमाणपत्र प्रदान गर्नुभयो ।

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया