एजेन्डामा महामन्त्री थापा र मेराे फरक मत छैन : नेता काेइराला

 मंसिर २७, २०८० बुधबार १९:३४:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी महामन्त्री गगनकुमार थापासँग आफ्नो मतभेद नरहेको दाबी गर्नुभएको छ ।

आज बुधवार काठमाण्डाैमा आयोजित संस्थापन इतर पक्षकाे भेलापछि सञ्चारकर्मीको जिज्ञासाको जवाफ दिने क्रममा नेता काेइरालाले याे कुरा बताउनुभएको हो । काम गर्ने शैली र सोचाइ उमेर फरक भएकाले फरक परे पनि पार्टीको एजेन्डामा महामन्त्री थापासँग आफ्नो फरक मत नरहेको उहाँकाे भनाइ थियो ।

उहाँले भन्नुभयो, ‘हाम्रो समूहको एजेन्डामा महामन्त्रीजी र मेरोमा एक इन्च पनि फरक छैन । उहाँको उमेर, मेरो उमेर फरक छ । काम गर्ने शैली पनि फरक छ । सोचाइ पनि फरक छ । त्यो स्वाभाविक छ । एजेन्डामा हाम्रो कुनै फरक मत छैन ।’

नेता कोइरालाले पार्टी संसदीय बोर्डले राष्ट्रियसभा चुनावका लागि मापदण्ड नै बनाएर उम्मेदवार चयन गर्नुपर्ने प्रस्तावसमेत राख्नुभयो । उहाँले पार्टीमा सुधार ल्याउनका लागि आफूहरूले निरन्तर छलफललाई अघि बढाउने पनि बताउनुभयो ।

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया