सरकारकाे कामबाट कांग्रेस नेताहरु नै सन्तुष्ट छैनन् : ओली

 मंसिर २८, २०८० बिहिबार १२:३४:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारकाे काम कारबाहीबाट नेपाली कांग्रेसका नेताहरु सन्तुष्ट नरहेका दाबी गर्नुभएकाे छ ।

बिहीवार महाकाली—मेची अभियानअन्तर्गत भोजपुरमा आयोजित सभामा उहाँले सत्तारुढ दलकै नेताहरु सरकारकाे कामप्रति असन्तुष्ट रहेका दाबी गर्नुभएकाे हाे । 

'नेपाली कांग्रेसकै नेताहरु पनि यो सरकारसँग आजित भइसकेका छन् । राजनीति, अर्थतन्त्र बिग्रिएको देखेर सबैमा चिन्ता छाएको छ ।' उहाँले भन्नुभयाे । 

यस्तै, ओलीले समृद्ध नेपाल, सुखी नेपालीका लागि शुरु गरिएको मिसन ८४ अभियान नेपाली नागरिकका लागि भएको बताउनुभएको छ ।

अध्यक्ष ओलीले आफ्नो पार्टीले साढे तीन वर्ष सरकारको नेतृत्व गर्दा देशमा असाधारण विकास गरेकाे दाबी गर्नुभयाे । 

उहाँले सरकारमा जाने जुनसुकै पार्टी देशभक्त, विकासप्रेमी, सुशासन, भेद्भाव र पक्षपात नगर्ने हुनुपर्ने बताउनु भयाे । गएकाे मङ्सिर १४ गतेदेखि शुरु भएको सङ्कल्प यात्राअन्तर्गत बुधवार भोजपुर आइपुगेको टोली भोजपुरको पूर्वका गाउँपालिकामा हुने भेटघाट कार्यक्रममा सहभागी भएर आज धनकुटा हुँदै तेह्रथुम पुग्ने कार्यक्रम रहेको छ ।

अन्तिम अपडेट: बैशाख २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया