पहाडी क्षेत्रको सदुपयोग गर्न नसक्दा देश गरिबीको मारमा परेको छ : ओली

 मंसिर २९, २०८० शुक्रबार २०:३२:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पहाडी क्षेत्रको सदुपयोग गर्न नसक्दा देश गरिबीको मारमा परेको बताउनुभएको छ ।

पार्टीकाे ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’ अन्तर्गत आज शुक्रवार तेह्रथुममा आयोजित सभामा अध्यक्ष ओलीले नेपाल मूलतः पहाडी देश भए पनि यसको उचित सदुपयोग हुन नसकेको बताउनुभयो । उहाँले कृषिको आधुनिकीकरण, व्यवसायिकीकरण, वैज्ञानिक ढङ्गले आधुनिक प्रविधिको प्रयोग गरेर खेती गर्न जरुरी रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘वास्तवमा नेपाल मूलतः पहाडी देश हो । आधाभन्दा बढी जनसङ्ख्या भएको पहाड, भूभाग पनि प्रशस्त भएको पहाड तर त्यसको सदुपयोग गर्न नसकेर हामी गरिबीको मारमा परेका छौँ । कृषिको आधुनिकीकरण गर्न, व्यवसायिकीकरण गर्न जरुरी छ । वैज्ञानिक ढङ्गले आधुनिक प्रविधिको प्रयोग गरेर खेती किसानी गर्न जरुरी छ ।’

अध्यक्ष ओलीले देशलाई समृद्ध र सुखी बनाउन नेकपा एमालेले प्रयत्न र प्रयास गरिरहेको जिकिर पनि गर्नुभयाे ।

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया