विचाराधीन मुद्दालाई छिटाे फर्स्याेट गर्न प्रयास गर्छु : प्रस्तावित न्यायाधीश मुसलमान

 मंसिर २९, २०८० शुक्रबार १९:११:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश अब्दुल अजीज मुसलमानले विचाराधीन रहेका मुद्दाहरूलाई छिटोभन्दा छिटो फर्स्याेट गर्न आफ्नो प्रयास रहने बताउनुभएको छ ।

संसदीय सुनुवाइ समितिको आज शुक्रवारको बैठकमा आफ्नो अवधारणापत्र र कार्ययोजना प्रस्तुत गर्दै प्रस्तावित न्यायाधीश मुसलमानले सर्वोच्चमा विचाराधीन रहेका मुद्दाहरूको छिटो फर्स्याेट गर्न आफ्नो प्रयास रहने बताउनुभएको हो । उहाँले इजलासमा पेस भएका मुद्दाहरूको त्यही दिन फर्स्याेट गर्ने पनि आफ्नो प्रयास रहने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘न्याय ढिलो दिनु भनेकाे न्याय दिन इन्कार गर्नु हो । सर्वोच्च अदालतमा विचाराधीन मुद्दाहरूलाई छिटाे फर्स्याेट गर्ने मेरो प्रयास रहनेछ । इजलासमा पेस भएका मुद्दाहरूको त्यही दिन फर्स्याेट गर्न मेराे प्रयास रहनेछ ।’

प्रस्तावित न्यायाधीश मुसलमानले साना प्रकृतिका, वैवाहिक र विशिष्टीकृत विवाद समावेश भएको मुद्दाहरूका लागि छुट्टै इजलास गठनका लागि प्रयास गर्ने आफ्नो कार्ययोजना रहेको पनि बताउनुभयो । उहाँले आफू न्यायाधीश बनेमा ‘न्यायपालिकाको स्वतन्त्रता, न्याय सुशासन हाम्रो प्रतिबद्धता’ भन्ने नारालाई आत्मसात् गर्दै काम गर्ने बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया