काठमाण्डौको फोहोर व्यवस्थापनमा महानगर आफैँ सक्षम

 मंसिर ३०, २०८० शनिबार १४:२८:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – काठमाण्डौ महानगरपालिकाले काठमाण्डौको फोहोर व्यवस्थापनमा महानगर आफैँ सक्षम रहेको बताएको छ । महानगरले काठमाण्डौ उपत्यकाको फोहोर व्यवस्थापनमा काम गरिरहेको नेपवेस्ट संस्था नभए फोहोरको समस्या समाधान नै नहुने हो कि भन्नेकुरा गलत रहेको बताएको हो ।

महानगरपालिकाका प्रवक्ता नविन मानन्धरले फोहोर व्यवस्थापनका लागि महानगर आफैँ सक्षम भएको कारणले बञ्चरेडाँडामा कुनै पनि फोहोरजन्य चिजबाट समस्या नहुने गरी विभिन्न क्लस्टरहरु निर्माण गरिसकेको दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘काठमाण्डौ उपत्यकाको फोहोर व्यवस्थापनका लागि  नेपवेस्ट भन्ने संस्थाका लागि पहिला नेपाल सरकारले लगानी बोर्डमा पास गरेर पठायो । तर, त्यसमा अधुरा कुराहरु भएको कारणले लगानी बोर्डले निर्णय गर्न सकेन । अझै अधुरै नीति नियम भएकाले फेरि यसलाई काठमाण्डौले नेपाल सरकारतिर नै लगिएको अवस्था छ । त्यसकारणले गर्दा बञ्चरे डाँडामा रहेका यी समस्याको समाधान नहोला भन्नेकुरा होइनन् । हामी आफैँ पनि सक्षम भएको कारणले बञ्चरेडाँडामा कुनै पनि फोहोरजन्य चिजबाट समस्या नहुनेगरी अब हामीले विभिन्न क्लस्टरहरु निर्माण गरिसकेका छौँ र फोहोरजन्य चिजलाई दीर्घकालीन रुपमा न्यूनीकरण गर्नेतिर हामी अघि बढिसकेको अवस्था छ।’ 

उहाँले फोहोरजन्य चिजलाई दीर्घकालीन रुपमा न्यूनीकरण गर्नेतिर महानगरले काम गरिरहेको बताउनु भयो । यसअघि मेयर बालेन्द्र साहले २९ औँ महानगर दिवसको अवसरमा हिजो आयोजित कार्यक्रममा आफ्नो कार्यकाल सकिन अझै साढे तीन वर्ष बाँकी रहेको र यो अवधिमा दीर्घकालीन रुपमा फोहोर व्यवस्थापन गरिसक्ने दाबी गर्नुभएको थियो । 

काठमाडौ महानगरपालिका, प्रदेश सरकार र सङ्घ सरकारले समन्वय गरी काम गर्ने हो भने फोहोर व्यवस्थापन राम्रो र दिगोसँग गर्न सकिने उहाँको भनाइ छ ।

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया