चुनावमा हार्ने र सिट जोगाउने लोभले पार्टीले चुनावमा एकता गर्देन  ः महामन्त्री थापा

 मंसिर ३०, २०८० शनिबार १९:५४:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

पाल्पा – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आउने चुनावमा कुनै पनि पार्टीसँग गठबन्धन आवश्यक नरहेको बताउनुभएको छ । हिजो जे भए पनि अबको दिनमा कांग्रेसका नेता कार्यकर्ताले अरु पार्टीको चुनाव चिन्हमा भोट हाल्नु पर्ने अवस्थाको अन्त्य गरिने बताउनुभयो ।

शनिवार सम्पन्न नेपाली कांग्रेस पाल्पाको प्रथम जिल्ला सम्मेलनमा बोल्दै महामन्त्री थापाले चुनावमा हार्ने डर र पद अनि सिट जोगाउने लोभले यसअघि चुनावमा गठबन्धन गरेर गल्ती गरेको बताउनुभयो । आपसी गुटले गर्दा नेपाली कांग्रेस धेरै पछि परेको भन्दै गुटको अन्त्य र चुनावमा टिकट पाउन नेताको आशीर्वाद लिनुपर्ने अवस्थाको अन्त्यका लागि पार्टीको विधाननै परिवर्तन गर्नुपर्नेमा जोड दिनुभयो ।

गुटमा नभएको मान्छेले चुनावमा टिकट पाउन र जित्न नसक्ने अवस्था रहेको भन्दै महामन्त्री थापाले पार्टी भित्र रहेका बेथितिको अन्त्यका लागि पार्टीको विधान परिवर्तन गर्न आगामी महासमितिको बैठकमा आफूले प्रस्ताव लैजाने बताउनुभयो ।

लोकतन्त्रपछिका नेता मन्त्री र सांसदहरुको सम्पत्ति छानबिन गर्न उच्च स्तरीय छानबिन समिति निर्माण गरी कानुन विपरीत सम्पत्ति आर्जन गरेको भए खोस्ने र दण्डित गर्नुपर्नेमा महामन्त्री थापाले जोड दिनुभयो ।

पार्टी भित्रको आन्तरिक द्वन्द्व भए आपसमा बसेर निकास निकाल्न आग्रह गर्दे महामन्त्री थापाले पार्टीका जनप्रतिनिधिहरुले राम्रो काम गरे जनताको प्रिय बन्न सकिने बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया