देशमा दुश्मनी गरेर कहीँ पनि पुग्न सकिँदैन : एमाले अध्यक्ष ओली

 मंसिर ३०, २०८० शनिबार २०:१३:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले दुश्मनी गरेर कहीँ पनि पुग्न नसकिने बताउनुभएको छ । 

शनिवार पाँचथरको फिदिममा आयोजित पार्टीको जनसभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । अध्यक्ष ओलीले कुनै मतभेद र आपसी समस्या भए विधि र प्रक्रिया भित्रैबाट संवाद गरी समाधान गर्न सकिने बताउनु भयो ।

पहिचानवादीहरुले एमालेमाथि निशाना साँधिरहेका बेला ओलीले देशमा आपसी द्वन्द्व, वैमनष्यता, आशङ्का र अविश्वास भइरहे त्यसले तनाव सृजना गर्ने र गरिबी नहट्ने बताउनु भयो । उहाँले नेपाल सुन्दर देश भएकाले यसलाई छिट्टै धनी बनाउन सकिने पनि बताउनु भयो ।

अध्यक्ष ओलीले भन्नुभयो, ‘म असहमति राख्ने साथीहरु सबै पार्टी, सबै समूहहरुलाई भन्न चाहन्छु, दुश्मनी गरेर कहीँ पुगिनेवाला छैन । मतभेदहरु हुन सक्छन्, भिन्नताहरु हुन सक्छन् । तर तिनलाई शान्तिपूर्ण ढंगले विधि र प्रक्रियाबाट राख्न सकिन्छ । त्यो धैर्यतापूर्वक संवादको माध्यमबाट हुनसक्छ । अरु चुनावका माध्यमबाट हुन सक्छन् । त्यसरी समाधान गरिनुपर्छ । संवादबाट शान्तिपूर्ण ढंगले ।’

उहाँले अगाडि भन्नुभयो, ‘हामीलाई शान्ति चाहिन्छ । यो विविधतामा हामी अल्झियौँ भने यस विविधताले आन्तरिक द्वन्द्व, वैमनष्यता, आशङ्का, अविश्वास, तनाव सृजना गर्दछ । त्यसबाट हामी गरिबका गरिब रहन्छौँ । अनि, स्वीजरल्याण्ड धनी भयो, फलानो धनी भयो भनेर हुँदैन । इजरायल पनि धनी भइसक्यो । बालुवा नै बालुवाको देश यूएई धनी भइसकेछ । त्यसो भएर काम गर्न हामी त्यहाँ जानुपर्छ भन्ने होइन । आफ्नो देश हामीले किन नबनाउने ? यति सुन्दर देश । हामी आफैँले बनाउन सक्छौँ ।’

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया