अमेरिकामा नवनिर्वाचित राष्ट्रपति ट्रम्प र उहाँको मन्त्रीमण्डल सदस्...
मंसिर १३, २०८१ बिहिबार
काठमाण्डाै – नेपाल वायु सेवा निगमको आम्दानी गएको तीन वर्षमा दोब्वरभन्दा धेरै वृद्धि भएको छ ।
महालेखा परीक्षकको लेखापरीक्षण प्रतिवेदनअनुसार निगमको कुल आम्दानी आर्थिक वर्ष २०७७/७८ मा नाै अर्ब १० करोड ९७ लाख ३१ हजार रहेकाेमा आर्थिक वर्ष २०७८/७९ मा १६ अर्ब ४६ करोड ३२ लाख ६० हजार रुपैयाँ रहेको छ । त्यसैगरी गएको आर्थिक वर्ष २०७९/८० को प्रारम्भिक कुल आम्दानी २२ अर्ब २४ करोड १९ लाख रुपैयाँ देखिएको निगमका प्रवक्ता रमेश पौडेलले निकाल्नुभएको विज्ञप्तिमा उल्लेख छ ।
उहाँका अनुसार निगमले गएको तीन वर्षमा आफ्नो आम्दानीमा एक सय ४४ प्रतिशतले वृद्धि गरेकोे छ । आठ वर्षदेखि निगमसँग अन्तर्राष्ट्रियतर्फ चार वटा र आन्तरिकतर्फ दुई वटा जहाज उडानमा छन् । अहिलेको बजार माग सम्बोधन गर्न र प्रतिस्पर्धात्मक ढङ्गले बजारीकरण गरी अझै धेरै आम्दानी गर्नका लागि निगमलाई पर्याप्त मात्रामा जहाजको कमी रहेकोले यसतर्फ आवश्यक कार्ययोजना बनाई अगाडि बढ्ने काम भइरहेको निगमले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।