जिल्ला अधिवेशन स्थगित गर्ने एकीकृत समाजवादीकाे निर्णय

 पुस ३, २०८० मंगलबार २०:३२:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) ले जिल्ला अधिवेशनहरू स्थगित गर्ने निर्णय गरेको छ ।

आज मङ्गलवार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेकाे सचिवालय बैठकले मिति ताेकिसकेका जिल्ला अधिवेशन स्थगित गर्ने निर्णय गरेकाे सचिव जीवनराम श्रेष्ठले जानकारी दिनुभयाे । बैठक अझै जारी रहेको र पुस ७ गते पुनः बस्ने सचिव श्रेष्ठले बताउनु भयो ।

‘श्रेष्ठले कतिपय जिल्लाहरूले अधिवेशन गर्ने तयारी गरिरहेको र कतिले अधिवेशन तोकिसकेको अवस्था रहेको भन्दै महाधिवेशनलाई केन्द्रित गरेर विधान संशोधनको प्रक्रियामा रहेको हुनाले माघ १४ र १५ गते बस्ने केन्द्रीय परिषद्को बैठकपछि मात्रै मिति तोक्ने गरी तोकिएका सबै अधिवेशनहरू स्थगित गर्ने निर्णय गरेको छ’, उहाँले भन्नुभयाे ।

बैठकमा महाधिवेशनमा कसरी नेतृत्व चयन गर्ने भन्नेबारेमा पनि छलफल भएको सचिव श्रेष्ठले बताउनुभयो । उहाँले केन्द्रीय कमिटीको सङ्ख्या कस्तो बनाउने, महाधिवेशन चुनावकाे विधि कसरी गर्ने भन्नेबारेमा पनि छलफल भइरहेको उल्लेख गर्नुभयाे ।

सचिव श्रेष्ठले सङ्गठनको संरचनालाई कसरी लैजाने भन्नेबारेमा पनि छलफल भइरहेको बताउनुभयो । विधानमा ७० वर्षको उमेरको सीमा तोकेको भए पनि सबैखालका उमेर समूहलाई समेटेर लैजानेबारे पनि छलफल भइरहेको उहाँकाे भनाइ छ ।

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया