सरकारी कार्यालयले सामाजिक सञ्जाल प्रयोग गर्ने निर्देशिका मन्त्रिपरिषद‍्बाट स्वीकृत

 पुष ५, २०८० बिहीबार २०:२९:८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सरकारी कार्यालयले सामाजिक सञ्जाल प्रयाेग गर्ने सम्बन्धी निर्देशिका २०८० मन्त्रिपरिषदबाट स्वीकृत भएकाे छ । आज बिहीवार बसेकाे मन्त्रिपरिषद् बैठकले याे निर्देशिका स्वीकृत गरेकाे सरकारकी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिनुभयाे । 

यस्तै बैठकले सामाजिक समितिबाट पेस भएको राष्ट्रिय बालबालिका नीति २०७९ र अपाङ्गता भएका व्यक्तिसम्बन्धी राष्ट्रिय नीति २०७९ स्वीकृत गर्ने निर्ण भएकाे मन्त्री शर्माले बताउनुभयाे ।

उहाँका अनुसार सरकारले राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन २०७५ को दफा २ को खण्ड (ख) को प्रयोजनका लागि राष्ट्रिय जनगणना २०७८ को कुल जनसङ्ख्याको शून्य दशमलव पाँच प्रतिशतभन्दा कम जनसङ्ख्या रहेका अल्पसङ्ख्यक जातजाति (दलितबाहेक) लाई अल्पसङ्ख्यकको रूपमा तोक्ने निर्णयसमेत गरेको छ ।

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया