विदेशी सहयोगकाे सदुपयोग हुनुपर्छ : सभामुख घिमिरे

 पुस ६, २०८० शुक्रबार १२:५८:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – सभामुख देवराज घिमिरेले विदेशी सहयोगकाे सदुपयोग हुनुपर्ने बताउनुभएको छ ।

आज शुक्रवार काठमाण्डाैमा आयोजित एक कार्यक्रममा सभामुख घिमिरेले विदेशी सङ्घ–संस्थाहरूले आफ्नो उद्देश्य पूरा गर्नका लागि सहयोगका कार्यक्रमहरू ल्याइरहने क्रम बढिरहेकाे भन्दै यसको निगरानी हुनुपर्ने बताउनुभयो । उहाँले वैदेशिक सहयोगकाे सदुपयोग ठिक ढङ्गबाट गर्नका लागि आमनागरिककाे पहुँचमा सहायता बारेको जानकारी पुग्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘अहिले विदेशी सङ्घ–संस्थाहरूले आफ्नाे उद्देश्य पूरा गर्नका लागि सहयाेग गर्ने क्रम बढिरहेकाे छ । तर त्यो हाम्रो आवश्यकता हो कि होइन, यसको बारेमा विश्लेषण गर्ने, त्यसलाई प्रणालीमा ल्याउने कुरा कसरी गर्नुपर्छ वा यसको महत्त्व के छ भन्नेबारेमा धेरै बहस छलफल नै हुँदैन । त्यसैले वैदेशिक सहयोगकाे सदुपयोग ठिक ढङ्गबाट गर्नका लागि आमनागरिककाे पहुँचमा यी कुराहरू पुग्नुपर्छ । पहुँचमा पुर्‍याउने काम संसद् र नागरिकबाट छानिएका सांसदहरूकाे हाे । आर्थिक उन्नति अथवा देशको विकास गर्नलाई वैदेशिक सङ्घ–संस्थाहरूमार्फत, विभिन्न देशहरूमार्फत आइरहेका सहयोगहरूकाे निगरानी गर्ने कुरामा संसद् प्रभावकारी हुनुपर्छ ।’

सभामुख घिमिरेले विमानस्थल बनाउने कुरामा सफलता हात लागे पनि त्यसको सञ्चालनबारे कुनै ध्यान नपुगेको बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया