प्रधानमन्त्री प्रचण्डलाई प्रश्न सोध्ने बेला भयो : गगन थापा

 पुस ६, २०८० शुक्रबार १९:४५:९ | रासस
unn.prixa.net

फाइल तस्बिर

उदयपुर – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रश्न सोध्ने बेला भएको बताउनुभएको छ । नेपाली कांग्रेस उदयपुरको प्रथम जिल्ला सम्मेलनलाई आज शुक्रवार कटारीमा सम्बोधन गर्दै उहाँले एक वर्षभित्रमा प्रधानमन्त्रीले भनेको जस्तो काम किन गर्न सकिएन भनेर सोध्ने बेला आएको बताउनुभयो । 

पुस १० गते प्रधानमन्त्रीले सम्बोधन गर्ने बताएको भन्दै कांग्रेस नेता थापाले आउँदो माघ १० गतेसम्म एक पटक पनि कतै केही नबोली काम गर्ने प्रतिबद्धता जनाउन आग्रह गर्नुभयो । ‘माघ १० गतेसम्म केही उद्घाटन गर्दिन, शिलान्यास गर्दिन, केही बोल्दिन बिहानदेखि बेलुकासम्म काम गर्छु भन्नुभएको छ’, महामन्त्री थापाले भन्नुभयो, ‘हामीलाई बोल्ने मात्रै मान्छे होइन काम गर्ने मान्छे चाहिएको छ ।’

विसं २०६० देखि आन्दोलन सफल होला, संविधान बन्दा देशमा केही होला भनेर पर्खिएका नागरिक अहिलेसम्म निराश रहेको नेता थापाको भनाइ थियो । ‘त्यसैले हामीले अब कामको परिणाम देखाउनुपर्छ’, थापाले भन्नुभयो, ‘२०८४ को चुनाव हारिएला भन्ने होइन, चुनाव हारे पनि केही हुन्न तर नागरिकलाई कामको परिणाम देखाउन कांग्रेसले केही गर्नुपर्छ ।’ भ्रष्टाचारको अन्त्य र सुशासन कायम गर्ने कांग्रेसको दायित्व रहेको उहाँले बताउनुभयो । 

कांग्रेसका सहमहामन्त्री भीष्मराज आङ्गदेम्बेले कांग्रेसले देशलाई अप्ठ्यारो पर्दा भरोसा दिनुपर्ने बताउनुभयो । गणतन्त्र, सङ्घीयता, समावेशिता, लोकतन्त्रमाथि कुदृष्टि राख्नेप्रति सचेत हुनुपर्ने उहाँले बताउनुभयो । 

नेत्री डिला सङ्ग्रौलाले तीन तहमा कांग्रेस सरकारमा रहेकाले कांग्रेसले नागरिकको अधिकार दिन सक्यो कि सकेन भन्ने विषयमा छलफल गर्नुपर्ने बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया