चिलिमेका ३ वटा जलविद्युत् आयोजनाको निर्माण सकियो, १६८ मेगावा...
मंसिर ८, २०८१ शनिबार
संयुक्त राष्ट्र सुरक्षा परिषद्ले गाजापट्टीका लागि थप सहायताको आग्रह गर्ने प्रस्ताव पारित गरेको छ । तर इजरायल र हमासबीच तत्काल युद्धविरामको लागि आह्वान गर्न असफल भएको छ ।
सुरक्षा परिषद्को प्रस्तावमा भिटो अर्थात् विशेषाधिकार प्रयोग गर्न सक्ने पाँच स्थायी सदस्यसहित कुल १५ सदस्य राष्ट्रले मतदान गर्ने व्यवस्था छ । लामो वार्तापछि इजरायलको मुख्य साझेदार एवं सुरक्षा परिषद्को स्थायी सदस्य अमेरिका विशेषाधिकार छल्न सहमत भएपछि मतदान भएको थियो ।
सुरक्षा परिषद्का १५ सदस्यमध्ये अमेरिका र रुस मतदान प्रकृयामा सहभागी भएनन् । अरु १३ देशले प्रस्तावमा समर्थन जनाए । सुरक्षा परिषद्को निर्णय कानुनी रूपमा बाध्यकारी मानिन्छ । पछिल्लो प्रस्ताव संयुक्त अरब इमिरेट्स यूएईले पेस गरेको थियो ।
राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरसले सहायता आपूर्तिको लागि मुख्य समस्या इजरायलको आक्रमण भएको बताएको बीबीसीले जनाएको छ । गाजामा द्वन्द्व अन्त्य नभए त्यहाँ ६ महिनामा अनिकाल आइपर्ने चेतावनी दिइएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।