बीजेपी सांसदले भनिन् : अयोध्या बुद्धभूमि हो, यहाँ राम मन्दिर होइन, बुद्धको प्रतिमा बनाउनुपर्छ

 कात्तिक २४, २०७५ शनिबार १७:४६:५४ | एजेन्सी
unn.prixa.net

भारतीय जनता पार्टी(बीजेपी) की सांसद सावित्री बाई फुलेले फेरि एकपटक विवादित बयान दिएकी छिन् । 

सधैँ पार्टी लाइनभन्दा फरक मत दिएर चर्चा र विवादमा आउने फुलेले अयोध्यामा विवादित स्थलमा राम मन्दिर बनाउनुभन्दा भगवान बुद्धको प्रतिमा स्थापित गर्न माग गरेकाे समाचार सत्याग्रहले प्रकाशित गरेकाे छ । 

बीजेपी सांसद फुलेले यो बयान यस्तो बेलामा दिएकी छिन् कि अयोध्यामा विवादित स्थलमा राम मन्दिर बनाउनका लागि सरकारलाई अध्यादेश ल्याउन विभिन्न पक्षबाट दबाब आइरहेको छ ।

उच्च न्यायालयको आदेशअनुसार अयोध्याको विवादित ठाउँमा उत्खनन् हुँदा तथागत बुद्धसँग सम्बन्धित अवशेषहरु भेटिएकाले अयोध्या बुद्धभूमि भएको फुलेले बताइन् ।

फुलेले त्यतिमात्रै होइन, अयोध्या बुद्धस्थल भएको समेत विवादित बयान दिएकी छिन् । उनी भन्छिन्, ‘म स्पष्ट पार्न चाहन्छु कि यो बुद्धको भारत थियो । अयोध्या बुद्धभूमि हो । त्यसैले यहाँ तथागत बुद्धको प्रतिमा स्थापित हुनुपर्छ ।’

बीजेपीबाट राज्यसभा सदस्य रहेका राकेश सिन्हाले राम मन्दिर बनाउनका लागि एक निजी विधेयक ल्याउनुपर्छ भन्ने कुरामा उनी भन्छिन्, ‘भारतको संविधान धर्मनिरपेक्ष छ । जसमा सबै धर्मको सुरक्षाको प्रत्याभूति गरिएको छ । संविधानअनुसार देश चल्नुपर्छ । सांसद हुन् वा विधायक उनीहरु पनि संविधानअनुसार नै चल्नुपर्छ ।’
 

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया