सन् २०२३ मा डेङ्गी सङ्क्रमितको सङ्ख्या ५० लाखभन्दा धेरै : डब्ल्यूएचओ

 पुष ८, २०८० आइतबार ९:१५:० | एजेन्सी
unn.prixa.net

लामखुट्टेबाट सर्ने डेङ्गीबाट यो वर्ष सन् २०२३ मा ५० लाखभन्दा धेरै मानिस सङ्क्रमित भएका विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले जनाएको छ । यस वर्ष ५० हजार जनाभन्दा धेरैले डेङ्गीबाट ज्यान गुमाएका छन् ।

डब्ल्यूएचओले डेङ्गीको जोखिम पछिल्लाे वर्ष बढ्दै गएको र यसमा जलवायु परिवर्तन पनि आंशिक रूपमा कारण रहेको उल्लेख गरेको छ ।

उच्च वर्षा, आर्द्रता र तापमान वृद्धिले लामखुट्टे फैलिने गरेको र डेङ्गीको सङ्क्रमण बढेको डब्ल्यूएचओले जनाएको छ । विश्वका चार अर्ब मानिस डेङ्गीको जोखिममा रहेका र सङ्क्रमितमध्ये पनि धेरैजसो लक्षणविहीन हुने गरेका छन् । लक्षणविहीन सङ्क्रमण सामान्यतया एकदेखि दुई हप्ताभित्र निको हुने गरेको छ ।

डेङ्गीको कुनै खास उपचार नभएकाले, प्रारम्भिक पहिचान र डाक्टरको निगरानीमा हुने उपचारबाट स्वास्थ्यमा सुधार ल्याउन सकिने विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले जनाएको छ ।

अन्तिम अपडेट: असार १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया