एमालेको ‘सङ्कल्प यात्रा’ काे उपलब्धि सार्वजनिक

 पुस ८, २०८० आइतबार १६:८:४७ | रासस
unn.prixa.net

काठमाण्डाै – नेकपा एमालेले मध्यपहाडी (पुष्पलाल) लोकमार्ग केन्द्रित आफ्नो ‘समृद्धिका लागि सङ्कल्प यात्रा’ काे उपलब्धि सार्वजनिक गरेको छ । बैतडीको झुलाघाटबाट गएकाे मङ्सिर १४ गते शुरु भएको सङ्कल्प यात्रा यही पुस १ गते पाँचथरको चिवाभञ्ज्याङमा पुगेर समापन भएको थियो ।

केन्द्रीय कार्यालय च्यासलमा आज आइतवार आयाेजित पत्रकार सम्मेलनमा एमालेले यात्राले पार्टी, कार्यकर्ता र स्थानीय नागरिकमा उत्साह देखिनुका साथै विकास, समृद्धि तथा राष्ट्रियतालाई जोड्न महत्त्वपूर्ण उपलब्धि हासिल गरेको जनाएको छ ।

पार्टीका अध्यक्ष केपी शर्मा ओलीले यात्रा असाधारण र अविस्मरणीय भएको बताउँदै मध्यपहाडी क्षेत्रको विकास र समृद्धिमा प्राथमिकता दिन सरकारसँग माग गर्नुभयो । ‘सम्बन्ध स्थानीय, सन्देश राष्ट्रिय’को मर्म एवम् भावनाअनुरूप याे अभियानका क्रममा जनसभा, जनभेला तथा भेटघाट, कलेज तथा विद्यालयका विद्यार्थीसँग छलफल भएको पार्टीले जनाएको छ ।

साथै एमालेले स्थानीय किसानसँग अन्तरक्रिया, कृषि वैज्ञानिकसँग संवाद, विकासका कामको अवलोकन र नमुना काम गरिरहेका उद्यमीसँग भेटघाट, ऐतिहासिक, धार्मिक र सांस्कृतिक स्थलको अवलोकन, नागरिकका अनुभूति, गुनासाे र सुझाव सङ्कलन गरेको छ ।

अभियानका क्रममा पहाडबाट भइरहेको तीव्र बसाइँसराइको पहिचान र समाधानको खोजी, सामाजिक सद्भाव र राष्ट्रिय एकताको प्रवर्द्धनमा सहयोग, मध्यपहाडको आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक अवस्था तथा उद्योग, पर्यटनलगायतका सम्भावना बुझ्न सहयोग मिलेको एमालेका महासचिव शङ्कर पोखरेलले बताउनुभयो ।

सङ्कल्प यात्रामा एमालेका शीर्ष नेतृत्व, केन्द्रीय पदाधिकारी, स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय सदस्य तथा प्राविधिक टोलीको सहभागिता थियो ।

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया