एमाले सांसद काेइरीकाे निलम्बन फुकुवा

 पुस ८, २०८० आइतबार १८:७:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – नेकपा (एमाले) का सांसद लक्ष्मी महतो कोइरीको सांसद पदको निलम्बन फुकुवा भएको छ । सभामुख देवराज घिमिरेले आज आइतवार सांसद कोइरीको निलम्बन फुकुवा गर्नुभएको हो ।

हत्या अभियोग लागेका सांसद कोइरीलाई सभामुख घिमिरेले गएको वैशाख १९ गते निलम्बन गर्नुभएको थियो । त्यति बेला हत्या अभियोगमा सांसद कोइरीविरुद्ध जिल्ला अदालत महोत्तरीमा मुद्दा विचाराधीन थियो । त्याे मुद्दामा जिल्ला अदालतले पुस ४ गते सांसद कोइरीलाई सफाइ दिएको थियो ।

अदालतले सफाइ दिएपछि कोइरीले निलम्बन फुकुवाको माग गर्दै संसद् सचिवालयमा निवेदन दिनुभएको थियो । कोइरी गएको वर्ष भएको प्रतिनिधिसभाको चुनावमा महोत्तरी निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित हुनुभएको हो ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया