देश कति बन्यो होइन, कति बन्न सक्थ्यो भन्ने आत्मसमीक्षामा छु : प्रधानमन्त्री

 पुस १०, २०८० मंगलबार १७:४६:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : रासस

काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विगत एक वर्षमा सरकारको कामले आफ्नो हुटहुटीअनुसारको परिणाम नआएको बताउनुभएको छ ।

आफ्नाे नेतृत्वमा सरकार गठनको एक वर्ष पुगेको अवसरमा आज मङ्गलवार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले विगत एक वर्षमा सरकारको कामको परिणाम आफ्नो हुटहुटीअनुसार हुन नसकेको स्वीकार गर्नुभएको हो । उहाँले सरकार असफल भने नभएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘राष्ट्रिय गौरव र रूपान्तरणकारी आयोजनाहरू अब एआई जडित ड्रोन प्रविधिबाट नियमित अनुगमन गर्ने प्रणाली जडान गरिँदैछ । प्रधानमन्त्री कार्यालयमा रहेको एक्शन रुमबाट यस्ता आयोजनाहरूको नियमित अनुगमन गर्न मैले शुरु गरिसकेको छु । आज म देशबासीमा स्वीकार गर्दछु कि सरकार असफल त भएन तर मेरो आफ्नै हुटहुटीअनुसारको परिणाम पनि आएको छैन । देश कति बन्यो होइन, कति बन्न सक्थ्यो भन्ने आत्मसमीक्षामा छु । यही चिन्ता र आत्मसमीक्षाका साथ म सार्वजनिक घोषणा गर्दछु, अब सरकारको कार्यशैली बदलिने छ ।’

प्रधानमन्त्री प्रचण्डले यही साताभित्रमा प्रधानमन्त्री कार्यालयको संरचनात्मक परिवर्तन गर्ने पनि बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया