काम गर्न नसक्नेलाई माफ गर्न सक्दिनँ, आशा जगाउन नसके मैले पनि पद छाड्नुपर्छ : प्रधानमन्त्री

 पुस १०, २०८० मंगलबार १८:१३:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कार्यसम्पादन कमजाेर भएकाे अवस्थामा कसैलाई माफ गर्न नसकिने बताउनुभएकाे छ ।

आफ्नाे नेतृत्वमा सरकार गठन भएकाे एक वर्ष पुगेकाे अवसारमा आज मङ्गलवार सिंहदरबारमा रहेकाे प्रधानमन्त्री कार्यालयबाट राष्ट्रका नाममा सम्बाेधन गर्दै प्रधानमन्त्री प्रचण्डले भन्नुभयाे, ‘हामीलाई असफल हुने छुट छैन । कर्यसम्पादन कमजाेर भएकाे अवस्थामा म कसैलाई माफ गर्नसक्ने अवस्था र मनिस्थितिमा छैन । कार्यक्षमता प्रमाणित गर्न नसके कसैले पनि ठाउँ ओगटिहरनु हुँदैन, छाडिदिनुपर्छ ।’

प्रधानमन्त्रीले देशमा सकारात्मक परिवर्तन र आशा जगाउन नसके आफूले पनि पद ओगटिरहन जरुरी नभएकाे बताउनुभयाे ।

यस्ताे छ प्रधानमन्त्रीकाे सम्बाेधनकाे पूर्णपाठ–

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया